मालपोत अधिकृत अविनाश कुँवर र शिक्षिका विष्णुकुमारी पराजुलीविरुद्द भ्रष्टचार मुद्दा

समाधान संवाददाता २०७६ भदौ २५ गते १२:३४

समाधान संवाददाता, पोखरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराका २ सरकारी कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मालपोत अधिकृत अविनाश कुँवर र पोखरा महानगरकी शिक्षिका विष्णुकुमारी पराजुलीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

भदौ ३ गते ५९ हजार घुस रकमसहित पक्राउ परेका अविनाश कुँवरविरुद्ध सोही रकम बराबर बिगो र सजायको मागदाबी सहित मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । कुँवरले जग्गाको रजिस्ट्रेसन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेस गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर घुस रकम लिएको आरोप छ । उनलाई अख्तियार पोखरा कार्यालयको टोलीले मुस्ताङ चोकबाट नियन्त्रणमा लिएको थियो ।

Advertisement

यसैगरी पोखरा महानगर–१० मा कार्यरत शिक्षिका विष्णुकुमारी पराजुलीले झुटा शैक्षिक योग्यता पेस गरी सरकारी सेवा उपयोग गरेको आरोप लागेको छ । करारमा मुखिया पदमा जागिर सुरु गरेकी पराजुली महानगरको शिशु स्याहार केन्द्रमा कार्यरत थिइन् ।

उनले बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी गरिएको मध्यमा तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अखितयारको दाबी छ ।

Advertisement

तपाईको प्रतिक्रिया