गणपति लघुवित्तको वित्तीय साक्षरता

पोखरा । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय तुलसीपुर दाङद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम मंगलबार तुलसीपुरमा सम्पन्न भएको छ । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले लघुवित्त संस्थाहरूले आर्थिक उन्नयनमा खेलेको भूमिका प्रसंसनिय रहेको उल्लेख गरिन् ।
चौधरीले दिदीबहिनीहरूको आर्थिक सशक्तीकरण र उद्यमशीलतामा लघुवित्तको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् । नायब प्रमुख कार्यकारी रामप्रसाद सापकोटाले समाजमा लघुवित्तलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदा विभिन्न समस्या उत्पन्न भइरहेको जनाए । उनले कर्जा लिँदा संस्थाको नीति, नियम र सेवा प्रणाली बुझेरमात्र कारोबार गर्नुपर्ने बताए । पछिल्लो समय वित्तीय साक्षरता कार्यक्रमले सदस्यहरू जागरुक बन्दै गएको समेत उनले सुनाए ।
आफ्ना ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा प्रदान गर्ने उदेश्यले सञ्चालित उक्त कार्यक्रममा संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाले वित्तीय शिक्षा र साक्षरता सम्बन्धी अभिमुखीकरण प्रस्तुति प्रस्तुत गरे ।
उक्त कार्यक्रममा शाखा कार्यालय तुलसीपुर अन्तर्गत सञ्चालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गर्नेमध्ये वर्षका ३ उत्कृष्ट व्यावसायिक ग्राहकलाई समेत कदर पत्रद्वारा सम्मान गरिएको थियो । ८३ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नम्बर १६५ की केन्द्र प्रमुख कृष्णा गिरीले गरेकी थिइन् । कार्यक्रम सञ्चालन तथा सहजीकरण शाखा प्रबन्धक दीपेन्द्र सापकोटाले गरेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया