मझौला व्यवसायी महासंघमा हरिभक्तको नेतृत्व

समाधान संवाददाता २०८१ मंसिर २१ गते १९:५६

पोखरा । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं साधारण सभा तथा विशेष अधिवेशन पोखरामा भएको छ । देश भरीका ६० जिल्लाका उद्योगी व्यवसायीको सहभागिता रहेको अधिवेशनले अध्यक्ष हरिभक्त पराजुलीको नेतृत्वमा ४५ केन्द्रीय समिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद पौडेल, प्रथम उपाध्यक्ष अमुलमान श्रेष्ठ, महिला सभापति तथा उपाध्यक्ष यशोधा गौतम दाहाल, द्वितीय उपाध्यक्ष कुलबहादुर काफ्ले, उपाध्यक्षहरुमा टेकनाथ पौडेल, सुदीपराज ढुंगाना, सूर्य निरौला, ढाकाराम पौडेल, कपिल राई निर्विरोध भएका छन् ।

महासंघको औद्योगिक उपाध्यक्ष मिगुर शेर्पा, एशोसियट उपाध्यक्ष राजेशकुमार बिशुराल, बस्तुगत उपाध्यक्ष भरत दाहाल छन् । विशेष अधिवेशनबाट महासंघको प्रदेश सभापतिहरुमा कोशी प्रदेशबाट शर्मिला राई, मदेशबाट कामिनी सिंह, वागमतीबाट प्रविता सुवेदी भण्डारी (अन्जु) रहेको निर्वाचन आयुक्त प्रकाश पौडेलले जानकारी दिए । महासंघको गण्डकी प्रदेश सभापति मेघनाथ आचार्य, लुम्बिनी प्रदेश सभापति मार्कण्य भण्डारी, कर्णाली प्रदेश सभापति सुष्मा शर्मा, सुदूरपश्चिम सभापति तारा रिजाल छन् ।

Advertisement

महासंघ नेपालको महासचिव शान्तकुमार श्रेष्ठ, सचिव शम्भुकुमार जर्घामगर, कोषाध्यक्ष नयनकुमार राई छन् । महासंघको केन्द्रीय सदस्यहरुमा रुद्रलाल पौडेल, प्रकाश बास्तोला (विष्णु), राजकुमार श्रेष्ठ, माइला तामाङ, चन्द्र राई, श्यामकृष्ण कोजु, दिवस बराल, रोहिणीरमण निरौला, केशवकुमारी भट्टराई (विष्णु), ऋषिमाया पोखरेल, विमला आचार्य, मीरा श्रेष्ठ, यमकुमार श्रेष्ठ, कुलद्वीपराज कँडेल, मञ्जु गौतम तिमिल्सिना, उत्तममणि भण्डारी, नारायणी थुलुङ राई, जगत राई, विकास घिमिरे, विश्व पराजुली, सुरेश भट्टराई निर्विरोध भएका छन् ।

अधिवेशनले साना तथा मझौला व्यवसायी महासंघ नेपालको १३ सदस्यीय केन्द्रीय महिला समिति सर्वसम्मत रुपमा चयन गरेको छ । अध्यक्ष यशोधा दाहाल, प्रथम उपाध्यक्ष रिना श्रेष्ठ, द्वितीय उपाध्यक्ष लक्ष्मी खनाल घिमिरे, सचिव कमला डिसी, कोषाध्यक्ष रिता थापा, सदस्य दुर्गा गौतम तिवारी, सिर्जना तिवारी निर्विरोध भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विशेष अधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष पराजुलीले अत्याधुनिक प्रविधि र अन्य व्यवसायिकता क्षमताको हिसाबले प्रतिस्पर्धी बन्न सक्ने अवस्थामा हुँदा पनि साना तथा मझौला उद्योगले अपेक्षित प्रतिफल दिन नसकेको बताए । उनले साना तथा मझौला उद्योगको समुचित विकास हुन नसकेको जानकारी दिए । महासंघका वरिष्ठ उपाध्यक्ष पौडेलले साना उद्योगहरु पुस्तान्तरण हुन नसक्दा प्रायजसो रुग्ण तथा बन्द अवस्थामा रहेको उल्लेख गरे । उनले साना तथा मझौला उद्योगको प्रवद्र्धनका लागि कार्यक्रम ल्याउन सबै क्षेत्रको संयुक्त पहल आवश्यक रहेको चर्चा गरे ।

Advertisement

साना तथा घरेलु उद्योग महासंघ नेपाल गण्डकी अध्यक्ष ढाकाराम पौडेलले ‘एक घर एक व्यवसायको नारा साकार भए प्रत्येक घर आत्मनिर्भर बन्ने दाबी गरे । उनले साना व्यवसायीले बहुर्राष्ट्रिय कम्पनीसँग पुँजीले प्रतिस्पर्धा गर्न नसक्ने उल्लेख गरे । उनले साना उद्यमीले सञ्जाल मार्फत उत्पादित सामग्रीको बजारीकरण गर्ने बताए ।

कार्यक्रममा महासंघ केन्द्रीय महिला समितिका सभापति यशोदा दाहाल, उपाध्यक्ष सुदिपराज ढुंगाना, केन्द्रीय सदस्य प्रकाश बास्तोला (विष्णु) लगायतले साना तथा मझौला उद्योगको समस्याको बारेका बोलेका थिए । नेपालमा लघु, घरेलु, साना गरी करिब ४ लाख उद्योग छन् । परम्परागत रुपमा सञ्चालित तथा छरिएर रहेका उद्योगबाट उत्पादित सामग्रीको बजारीकरणका लागि समस्या रहेको महासंघले जनाएको छ ।

विशेष अधिवेशनमा साना तथा मझौला व्यवसायीमध्येबाट उद्योग, वाणिज्य, पर्यटन, कृषि, उर्जालगायत सेवा क्षेत्रका विभिन्न प्रकृतिका व्यवसायीको पहिचान र वर्गीकरणका अलवा अभिमुखीकरण अभियान सञ्चालन, महिला उद्यमीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ । ‘एक घर, एक व्यवसाय’को नारालाई साकार पार्ने अभियानका साथ महासंघले स्थानीय हस्तकला, कृषि, जडिबुटीका उत्पादन र मौलिक कला संस्कृतिको जगेर्ना गर्न मेला महोत्सव गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया