रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतको अनुमति
समाधान संवाददाता
२०८१ मंसिर २३ गते १५:०२

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेलवासेको इजलासले थप ४ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको हो ।
लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले सरकारी वकिलमार्फत् अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसको भोलिपल्ट ३ गतेबाट उनी कास्की प्रहरीको हिरासतमा छन् ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेमाथि अझै अनुसन्धान नसकिएको भन्दै अदालत लगिएको प्रहरीको भनाइ छ ।
उनलाई रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।
लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।
सम्बन्धित








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया