गण्डकी अटो मेकानिक्सको अध्यक्षमा विष्णुप्रसाद अधिकारी

पोखरा । गण्डकी अटो मेकानिक्स वर्क्स एसोसिएसनको २५ औं वार्षिक साधारण तथा १५ औं अधिवेशनले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको निवर्तमान अध्यक्षमा सन्तोषकुमार मिश्र, वरिष्ठ उपाध्यक्षमा नवराज सुनार, उपाध्यक्ष जगन्नाथ गर्तौला, महासचिव विजेन्द्र चौधरी, कोषाध्यक्ष निहाल अन्सारी, सचिव सन्तोष राउत कुर्मी, सहकोषाध्यक्ष प्रकाश गिरी छन् ।
समितिको सदस्यहरुमा डिलबहादुर तुलाधर, एकबहादुर बानिया, विन्दु पावे, गंगाबहादुर कुँवर, भिमसेन शाह छन् । निर्वाचित समितिलाई निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता माधव बास्तोलाले शपथ गराए ।

सो साधारण सभाको शुभारम्भ गर्दै संघीय सांसद शिव नेपालीले अटो व्यवसाय व्यवस्थापनका लागि पोखरामा अनिवार्य अटोल्यान्ड आवश्यक रहेको बताए । उनले राज्यले मेकानिक्सलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको, मजदुर बिना विकास सम्भव पनि नभएकोले यसतर्फ संवेदनशील हुन आग्रह समेत गरे ।
नेपाल अटो मेकानिकल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जनार्दन गैरेले व्यवस्थित सहरका लागि अटो ल्यान्ड आवश्यक रहेकोले नेपालका मुख्य सहरहरुमा व्यवस्थित ल्यान्ड विकास भइसकेकोमा पोखरामा हुन नसक्नु दुखको विषय भएको बताए ।
एसोसिएसनका अध्यक्ष सन्तोषकुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, वागमती प्रदेशका संयोजक बलराम भण्डारी, रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पृथ्वी राजमार्ग बस समितिका अध्यक्ष योगेन्द्र के।सी, नेपाल यातायात व्यवसायी महासंघका गण्डकी संयोजक केदार पौडेल, पूर्व महासचिव ठाकुर गैरे, बुटवल इन्जिनियरिङका अध्यक्ष तुलसीराम न्यौपाने, पूर्वअध्यक्ष यमप्रसाद भुसाल, हेटौंडा समिति अध्यक्ष आनन्दराज पौडेल, सल्लाहाकार कृष्णबहादुर थापा, वरिष्ठ उपाध्यक्ष योगेन्द्रराज भण्डारी लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा ज्येष्ठ सदस्य एसोसियसनका पूर्व अध्यक्ष सनतकुमार भट्टराई र पुराना व्यवसायी कुलबहादुर मगरलगायत सहयोगीहरुलाई सम्मान गरिएको थियो । साधारण सभाले महासचिव विष्णु अधिकारी, कोषाध्यक्ष अर्जुन उपे्रतीबाट प्रस्तुत प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।
तपाईको प्रतिक्रिया