पोखरा महानगरमा करार कर्मचारी हटाउँदा ब्युँतेको विवाद सल्टियो

समाधान संवाददाता २०८१ मंसिर २३ गते १७:४७

पोखरा । पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाएपछि सिर्जित विवाद तत्कालका लागि सल्टेको छ । त्यहि विषयलाई लिएर एमालेका जनप्रतिनिधिले महानगरको विशेष नगर सभा मागेका थिए । त्यसै अनुसार २० गते नगरसभा सुरु भएको थियो ।

Advertisement

उक्त दिन मेयर धनराज आचार्यले एजेन्डा प्रस्तुत गरेलगगत्तै २३ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । मेयर आचार्यले सर्वसम्मत निर्णयका साथ, पोखरा महानगरपालिकाको विशेष नगरसभामा प्रस्तुत एजेन्डाहरूलाई सर्वसहमतिकै आधारमा अनुमोदन गरी, मस्यौदाका रूपमा रहेका पुराना र नयाँ सबै दस्तावेजलाई एकीकृत गर्दै नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणतयार गर्ने निर्णय गरिएको बताए ।

उनले नगरसभा २८ गते दिउँसो ३ बजे बस्ने र सोही दिन बिसर्जन गर्ने गरी नगरसभाको दोस्रो दिनको सभा स्थगित गरिएको जानकारी दिए । यस प्रक्रियामा सहयोग पुर्‍याउने सम्पूर्ण राजनीतिक दल, कार्यपालिका, नगरसभाका सदस्य र सबै नगरवासीलाई उनले हार्दिक धन्यवाद् व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया