जय रुपा सहकारीको रक्तदान

लेखनाथ, २३ मंसिर (समाधान)–कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ र रुपमा गाउँपालिकाको वडा नं ६ रुपातालमा रहेको जय रुपा बचत तथा ऋण सहकारीले आयोजना गरेको खुला रक्तदानमा ३० युनिट रगत संकलन भएको छ ।
संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत भएको कार्यक्रमका पहिलो रक्तदाता संस्थाका अध्यक्ष धीरजकुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहकारीले आफना सेयर सदस्यहको आय आर्जनमा सहयोग पुग्ने खालका योजना ल्याउन आग्रह गरेका थिए ।
सहकारीले नाफाका लागि पैसाको मात्र किनबेच नगरी आफनो ठाउँ विशेषका आधारमा सम्भावना खोजी कृषि उत्पादनतर्फ लाग्न सक्ने हो भने वास्तविक रुपमा सेयर सदस्यको जीवन स्तरमा सुधार आउन सक्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा सामाजिक उत्तरदायित्व उपसमिति सदस्य ईन्दु जोशी, संस्थाका सहसचिव वसन्त जोशी, सचिव श्रीधर लामिछाने, उपाध्यक्ष गणेशप्रसाद भण्डारी, सल्लाहकार गोविन्दप्रसाद पंगेनी, व्यवस्थापक दिनेश घिमिरे र कार्यक्रम संयोजक सावित्र सुवेदीले सहकारीले बोलेका थिए ।
तपाईको प्रतिक्रिया