रवि लामिछानेलाई काठमाडौं हुँदै वीरगन्ज लगिँदै

सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज सोमबार वीरगन्ज लैजाने तयारी भएको छ ।
जहाजमार्फत पोखराबाट काठमाडौं हुँदै रविलाई वीरगन्ज लैजान लागिएको हो । वीरगञ्जको सानो पाइला सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएको पाइएपछि उक्त टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक रविलाई अनुसन्धानका लागि वीरगन्ज लैजान लागिएको हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको चितवन सहारा सहकारी, बुटवलको सुप्रिम सहकारी र वीरगञ्जको सानोपाइला सहकारीको रकम अवैधानिक तवरले गोरखा मिडिया नेटवर्कमा ल्याइ अपचनल गरेको सहकारी छानविन विशेष संसदीय समितिले ठहर गरेपछि रवि अनुसन्धानमा तानिएका हुन् ।
रवि सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कमामा ६५ करोड ५४ लाख रूपैयाँ अपचलन गरेको संसदीय समितिले प्रतिवेदनमा खुलाएको छ । कात्तिक २ गते काठमाडौंबाट रवि पक्राउ परेका थिए ।
तपाईको प्रतिक्रिया