‘भ्रष्टाचार नियन्त्रण र सुशासन छेपारोको उखान’

समाधान संवाददाता २०७६ भदौ २७ गते ११:५९

एसके थकाली, जोमसोम

गण्डकी प्रदेश लेखा समितिको आयोजनामा बिहीबार जोमसोममा आयोजित सुशासन र भ्रष्टाचार नियन्त्रण विषयक अन्तत्र्रिmया भएको छ । अन्तक्र्रियाको शून्य समयमा स्थानीय सरोकारावालले सुशासन र भ्रष्टाचार नियन्त्रण छेपारोको उखान जस्तो भएको उल्लेख गरे । सुशासन र भ्रष्टाचार राज्यपक्षबाटै हुने गरेको जनाउँदै कर्मचारी र जनप्रतिनिधिको आचरणमा सुधार नभएसम्म भ्रष्टाचार नियन्त्रणविरुद्ध अभियान सार्थक नहुने जनाए ।

कार्यक्रममा गण्डकी प्रदेश लेखा समितिकी सदस्य दिलमाया रोकाले गण्डकी प्रदेशलाई समृद्ध र नमुना प्रदेश बनाउने उद्देश्यले लेखा समितिले सुशासन र भ्रष्टाचार नियन्त्रण विषयक अन्तत्र्रिmया थालेको जानकारी दिइन् । रोकाले यसका लागि भ्रष्टाचारको जड पत्ता लाग्न आवश्यक भएको जनाइन् । उनले गण्डकी प्रदेशको लेखा समितिले ४ समूहमा विभाजन गरेर ११ वटै जिल्लामा पुगेर सुशासन र भ्रष्टाचार विषयक अन्तत्र्रिmया गरेको बताइन् ।

Advertisement

सांसद महेन्द्रबहादुर थकालीले राज्य पुनसंरचनापछिको संघीय प्रदेश सभा नयाँ अभ्यास भएको उल्लेख गरे । सांसद थकालीले गण्डकी प्रदेशलाई सुशासन र भ्रष्टाचार मुक्त प्रदेश बनाउन लेखा समितिमा मार्फत जिल्ला जिल्लामा बहस र अन्तत्र्रिmया सुरु गरेको जानकारी दिए ।

भ्रष्टाचार निर्मुल पारी सुशासनलाई तार्किक निष्र्कष पु¥याई समृद्ध प्रदेश बनाउन अभियान सुरु भएको बताए । उनले सुशासन र भ्रष्टाचार अन्त्यका लागि संम्वन्धि व्यक्ति र संस्थाको आचरण र व्यवहारमा परिवर्तन आउन सके उन्नती र प्रगति हुने सुझाए । लेखा समितिकी अर्की सासद गायत्री गुरुङले सुशासन र भ्रष्टाचार नियनत्रणमा योगदान दिने उद्देश्यले कार्यक्रम ल्याएको स्पष्ट पारिन् । स्थानीय स्तरमा प्राप्त सुभावलाई लेखा समितिले लिपिबद्ध गरेर ठोस योजना ल्याउने सांसद गुरुङको भनाइ थियो ।

Advertisement

यसअघि जिल्ला समन्वय समितिकी प्रमुख छिरिङल्हामो गुरुङले कार्यक्रम उद्देश्य राम्रो भएको र कार्यान्वय प्रक्रिया चुनौती रहेको जनाईन् । उनले संघ, प्रदेश र स्थानीय स्तरबीच समन्वय गर्न समन्वय समितिको अवधारणा आएको उल्लेख गर्दै विद्यमान अवस्थामा समन्वय समिति अधिकारविहीन अवस्थामा रहेको बताइन् । कार्यक्रममा मुस्ताङका ५ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र पत्रकारको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया