काहुँ खानेपानीलाई बुद्व मण्डलाको सहयोग

समाधान संवाददाता, पोखरा
धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समिति पोखराले काहुँ खानेपानी उपभोक्ता तथा सरसफाइ समूहलाई १० लाख १ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको छ । अवतारी गुरु दुप्सिङ रिम्पोछेको उपस्थितिमा काहुँ खानेपानीका अध्यक्ष कुमार क्षेत्री, उपाध्यक्ष देव गुरुङ र वृहत काहुँ खानेपानीका उपाध्यक्ष खेमराज आचार्यलाई सयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
काहुँको खानेपानी समस्या समाधानका लागि समितिले गरेको आग्रह वमोजिम बुद्व मण्डला समितिले रकम हस्तान्तरण गरेको मण्डलाका सचिव राजबहादुर गुरुङले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा समितिका सल्लाहकार अशोक पालिखेले काहुँको खानेपानी समस्यालाई योगदान दिन रकम सही ठाउँमा सदुपयोग हुने अपेक्षा गरेको बताए ।
खानेपानीका अध्यक्ष कुमार क्षेत्रीले बुद्व मण्डला निर्माणका अतिरिक्त गाउँ वासी लाभान्वित हुने विस्वास व्यक्त गरे । धर्मकाया बुद्व मण्डला विकास तथा व्यवस्थापन समिति कार्यवहाक अध्यक्ष भरतराज शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव राजबहादुर गुरुङले सञ्चालन गरेका थिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया