पोखरामा वसुन्धरा रिसोर्ट सञ्चालन

पोखरा ।
लटरम्म फलेका रुद्राक्षको बोट, आफ्नैं हातले टिपेका अम्बा र एभोकार्डोको स्वाद । रंगिचंगी फूलहरु, चराचुरुड्गीका आवाज । प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पर्यटकीय राजधानी पोखराको लेकसाइडमा सुरु वसुन्धरा रिसोर्ट भित्रको वातावरण हो यो ।
बिहीबार पञ्चकन्याले रिसोर्ट उद्घाटन गरे । रिसोर्टभित्र महत्वपूर्ण आयुर्वेदिक बोटहरु अमला, बेलपत्र, तुलसी लगायत छन् । एभोगार्डाे, लिची, आँप, रुखकटहर लगायतका फलफूल बगैंचा यहाँको अर्को आकर्षण हो ।
एसी, टिभीजडित, उज्यालो, पारिलो, फराकिलो सफा सुविधायुक्त कोठाहरु, कोठाबाट देखिने हरियाली वातावरण, आँखैअघि हिमाल । यी सबैले यहाँ आउने पाहुनालाई मन्त्रमुग्ध पार्ने छ । पोखराको प्रमुख आकर्षण फेवातालबाट झण्डै २ सय मिटर दूरीमा अवस्थित रिसोर्टले पाहुनाका लागि स्वास्थ्यवर्दक खाना पस्किने गर्दछ ।
विदेशीसँगै नेपाली परम्परागत भोजनलाई रिसोर्टले जोड दिएको छ । ‘कोदो, फापर, मकै लगायतका परिकारलाई हामीले महत्व दिएका छौं,’ रिसोर्टका सञ्चालक सन्तोष पोखरेलले बताए ।
स्वस्च्छ शान्त बगैचामा बिहानको योगादेखि फाष्ट इन्टरनेट जडित रिसोर्ट परिषरबाट आफ्नैं ल्यापटपमार्फत् दिउँसोको काम समेत सम्पादन गर्न सकिन्छ ।
विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा लागेका अनुभवी व्यवसायी पोखरेलले यो रिसोर्टमा अनुभव उपयोग गरेका छन् । मध्यम बजेटका पाहुना लक्षित रिसोर्टले प्रारम्भमा २० प्रतिशत छुट प्रदान गरेको छ ।
तपाईको प्रतिक्रिया