सुत्केरीलाई जन्टाकाे सचेतना कार्यक्रम

समाधान संवाददाता २०७६ भदौ २७ गते १३:३५

समाधान संवाददाता
पोखरा

अन्तर्राष्ट्रिय संस्था जन्टाले बिहीबार पोखरामा आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी सचेतना कार्यक्रम आयोजना गर्‍यो । जन्टा सय वर्ष पुगेको अवसरमा एरिया–२ डिष्ट्रिक्ट २५ अन्तर्गत पोखरा क्लबले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेका सुत्केरी महिलालाई स्वास्थ्यबारे सचेतना दिएको हो ।

सुत्केरी भएपछि गर्नपर्ने काम, बच्चालाई दूध खुवाउने तरीका, सुत्केरी महिलाको आहार, स्वास्थ्य र सरसफाइसम्बन्धी जानकारी दिइएको हो । संस्थाकी डिमार्टमेन्ट चिफ गंगा शाक्य रञ्जितले सुत्केरी महिलाले सरसफाइमा ध्यान दिनुपर्ने बताइन् । उनले सुत्केरी आमाले बच्चाको पलपलमा ख्याल गर्नुपर्ने, बच्चा नरोएमा तथा धेरै रोएमा ध्यान दिनुपर्ने औंल्याइन् । उनले बच्चाले दूध खाने र आमाले खुवाउने तरिका बारेमा पनि प्रकाश पारिन् ।

Advertisement

संस्थाकी सर्भिस डाइरेक्टर डाइटिसियन श्रीविद्या कायस्थले बच्चाको उमेरसँगै खुवाउनुपर्ने पोषण तत्वका बारेमा दिइन् । अहिले देशभर फैलिएको डेंगु रोग लाग्नबाट जोगाउन अस्पतालमा रहेका २१सुत्केरीलाई झुलसमेत वितरण गरिएको छ । अमेरिकाको न्युयोर्कमा केन्द्रीय कार्यालय रहेको जन्टा ५ वर्षअघि नेपालमा विस्तार गरिएको हो । पोखरामा भने केही अघिमात्र संस्था स्थापना भएको हो । पोखरा क्लबको नेतृत्व लिना श्रेष्ठ गोशेलीले गरेकी छन् ।

महिला सशक्तीकरणका काम गर्ने उनले बताइन् । अध्यक्ष गोशेलीले संस्थाको नीति अनुरुप पौढ शिक्षा सञ्चालन, पहिलो पटक हुने रजस्वलाबारे सचेतना, महिला हिंसा विरुद्ध आवाज उठाउने संस्था उद्देश्य भएको जनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया