पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी ‘ऋतु’ सर्वसम्मत भएकी छन् । शुक्रबार आयोजित परिवारको ४२ औं अधिवेशन तथा साधारण सभाले अधिकारीको नेतृत्वमा आगामी २ वर्षका लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
परिवारको उपाध्यक्षमा लक्ष्मण थापा, सचिव एमडी काफ्ले, कोषाध्यक्ष अर्जुन अधिकारी, सहसचिव हसिना बस्नेत, विभागीय संयोजक अन्तर्गत केशु शर्मा सहित्य संयोजक, मिलन गिरी संगीत संयोजक, हेमकान्ति गुरुङ कला संयोजक चुनिए ।
सदस्यहरूमा डा शरण आँसु, शिव संकल्प, शिव त्रिपाठी, ढाकामोहन बराल र संगीता बराल बिसी निर्वाचित बने । निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल र सचिव डा चैतन्य अधिकारीले नवनिर्वाचित अध्यक्ष ‘ऋतु’लाई संस्थाको निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष ‘ऋतु’ले संस्थाको गरिमा जोगाउन आफ्नो कार्यकालमा सबैको साथ र सहयोगले नियमित कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ योजना ल्याउने प्रतिबद्घता जनाइन । साधारण सभाले सचिव डा चैतन्य अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अर्जुन अधिकारीद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।
कविताको अघोषित पाठ्शालाका रूपमा परिचित पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार समता काव्य सन्ध्या सञ्चालन गर्छ । प्रत्येक २ महिनामा समता सांगीतिक कार्यक्रम र प्रत्येक ३ महिनामा समता कला कार्यशाला सञ्चालन गरिरहेको छ ।
सामूहिक साहित्यकार जयन्ती, विश्व कविता दिवस, अनुभव र अनुभूति, स्रष्टा सम्वाद, एकल कविता वाचन, सांगीतिक साँझ, कला प्रदर्शनी, पुस्तक विमोचन, परिचर्चा, पुरस्कार तथा सम्मान सञ्चालन लगायतका दर्जनौं कार्यक्रमको क्यालेन्डरले क्रियात्मक अभियानको रूपमा परिवार पहिचान स्थापित भएको छ । ‘साहित्य, कला र सङ्गीतको उत्थान : हाम्रो प्रण’को नाराका साथ २०३४ मा संस्था स्थापना भएको हो ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया