लेखनाथ महोत्सवलाई महिला समूहको साथ

समाधान संवाददाता २०८१ मंसिर २९ गते २०:०४

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा पुस १८ गतेदेखि हुने ‘२० औँ लेखनाथ महोत्सव’लाई सफल बनाउन लेखनाथका विभिन्न आमा÷महिला समूहले सघाउने भएका छन् ।

Advertisement

माघ १ गतेसम्म चल्ने महोत्सवबारे आयोजित छलफलमा सहभागी विभिन्न आमा÷महिला समूहका प्रतिनिधिले सक्रियतापूर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् । संघ अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवको तयारीका विषयमा जानकारी दिंदै विभिन्न संघ, संस्था र समूहले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव महोत्सवहरुको पनि महोत्सव हुन सफल भएको बताए ।

उनले महोत्सवमा महिला÷आमा समूहको सहभागीता रत्यौेली र नाचगान कार्यक्रममा मात्र नभई संघले विभिन्न तालिमको माध्यमबाट उद्यमी भएको हेर्न चाहेको सुनाए । महिला÷आमा समूह परिचालन उप–समिति संयोजक सन्ध्या दाहालले महिलाको सक्रिय सहभागिताका कारण झाँकी र्‍याली, रत्यौली लगायतका कार्यक्रम सफल भएको बताए ।
रत्यौली कार्यक्रम उपसमिति संयोजक गंगा मल्लले कार्यक्रमले महोत्सवमा बेग्लै रौनक प्रदान गर्नुका साथै कला, संस्कृतिको समेत जर्गेना गर्ने जनाइन् । कार्यक्रममा निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेय, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, झाँकी र्‍याली व्यवस्थापन उप समिति संयोजक बुद्धिकुमारी मगर, हाजिरीजवाफ प्रतियोगिता संयोजक प्रभाकुमारी पौडेल, ग्रामिण रैथाने प्रविधि व्यवस्थापन उपसमिति संयोजक पार्वती थापा लगायतले बोलेका थिए ।

महिला/आमा समूह परिचालन उपसमिति संयोजक सन्ध्या दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक अञ्जली पण्डित र महासचिव जानुका पराजुली अधिकारीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया