पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति कास्कीको ठूलोस्वाँराबाट पक्राउ

पोखरा ।
मादी गाउँपालिका ५ ठूलोस्वाँरामा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले खोटाङका ३१ वर्षीय उमेश राईलाई शुक्रबार पक्राउ गरेको हो ।
ठूलीस्वाँराका वर्ष ४८ को दुर्गाबहादुर गुरुङलाई आफ्नै घरमा राईले पेट्रोल छर्केर आगो लगाइ भागेको कास्की प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाईते गुरुङलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा थप उपचारको लागि मणिपाल रिफर गरिएको थियो । त्यसपछि उनलाई काठमाडौं लगिएकोमा अहिले उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
सुनपदेँलीस्थित पुरानो स्कुलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएकाे साथै राईको साथबाट लाइटर–३ थान, बोत्तल– १ थान, मोबाइल– ३ थान र लाइसेन्स– १ थान बरामद भएको प्रहरीले बताएको छ । उनलाई कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा दिन (५) पाँच म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।









गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया