महिला भलिबल उपाधि धादिङ स्पोर्टस् क्लबलाई

समाधान संवाददाता २०८१ पुष १ गते २१:४०

पोखरा । पोखरा महानगर २३ वाम्दीमा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ सुरु भएको महिला भलिबल प्रतियोगिता धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ । आइतबार भएको फाइनल खेलमा शान्त भलिबल टे«निङ सेन्टर, झकुण्डे पोखरालाई ३–० को सोझो सेटमा हराउँदै धादिङले प्रतियोगिता जितेको हो । धादिङले २५–१०, २५–७ र २५–९ को सेटमा सहज जित निकाल्यो ।

Advertisement


जितसँगै धादिङले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको शान्त भलिबलले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा धादिङकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै धादिङकै आशिका क्षेत्री उत्कृष्ट स्पाइकर, रिता बोहोरा उत्कृष्ट सेटर, र स्मीता दुरा उत्कृष्ट डिफेन्डर र विरु लामा उत्कृष्ट कोच घोषित भइन् । शान्त भलिबलका सृष्टि खत्री र अन्जना खड्का क्रमस उत्कृष्ट सर्भर र उत्कृष्ट मिडफिल्डर धोषित भए । सात विधामा उत्कृष्ट घोषित भएकाले १÷१ थान भलिबल पुरस्कार पाए ।

सेमिफाइनलमा धादिङले गुरुकुल विद्या सदन, नयाँबजार पोखरालाई हराएर फाइनल यात्रा तय गरेको थियो । शान्त भलिबलले एलिट भलिबल एकेडेमी, पोखरालाई हराएर फाइनलमा पुगेको थियो ।

सेमिफाइनलबाट बाहिरिएका गुरुकुल र एलिटले नगद १५/१५ हजार पुरस्कार पाए । नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता थियो । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा प्रतियोगिता भएको हो । समापन कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेश सभा सदस्य भक्तबहादुर कुँवर, पोखरा महानगरपालिका २३ का कार्यवाहक अध्यक्ष तेजबहादुर क्षेत्री लगायत अतिथिको उपस्थिति थियो । समितिका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सचिव घनश्याम पराजुलीको सञ्चालनमा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया