
जोमसोम । पोखरा—जोमसोम हवाई उडान ३ महिनाका लागि बन्द गरिएको छ । पोखराबाट मुस्ताङका लागि हवाई मार्गबाट यात्रा गर्ने यात्रुको संख्या कम भएसँगै पोखरा जोमसोम हवाई उडान ३ महिनाका लागि स्थगित गर्नु परेको निजी एअरलाईन्स कम्पनीका प्रतिनिधिले उल्लेख गरेका छन् ।
पोखरा—जोमसोम हवाई उडान ३ महिनाका लागि बन्द भएको तारा एअरलाइन्स जोमसोमका स्टेशन इञ्चार्ज सुचन लालचनले जानकारी दिए । इञ्चार्ज लालचनका अनुसार हवाई मार्ग हुँदै मुस्ताङ आउँजाउ गर्ने यात्रु संख्या निकै कम भएकाले पोखरा —जोमसोम हवाई उडान बन्द गर्नु परेको बताए । इञ्चार्ज लालचनका अनुसार पोखरा—जोमसोम हवाई उडान डिसेम्बर २ तारिखदेखि मार्च १ तारिखसम्म स्थगित गरिएको बताए ।‘ पोखराबाट मुस्ताङ आउजाउ गर्ने उडाई यात्रु कम भयो, एक उडान भर्न समेत मुश्किल पर्यो, इञ्चार्ज लालचनले भने,‘ यात्रु नभएपछि खाली जहाज उडाएर भएन, यसैले हवाई उडान ३ महिनाका लागि बन् गर्ने निर्णय भएको हो ।’ उनले हवाई यात्रु नभएकै कारण पोखरा—जोमसोम हवाई उडान स्थगित भएको सुनाए ।
त्यसो त हिउँदयामको मौसममा हवाई यात्रु कम हुने र मुस्ताङको मौसम समेत अक्सर प्रतिकुल हुने भएकाले पनि उडान स्थगित गर्नुपर्ने कारण यही छ । उन्मादको हावाहुरी र हस्सु लाग्ने लगायतको मौसम प्रतिकुलता गर्दा यहाँको लागि हवाई उडानको जोखिम हुन्छ ।
मुस्ताङमा पोखरा—जोमसोम हवाई सेवाका लागि तारा एअरलाईन्स र समिट एअरलाइन्सको टुइनअटर साना जहाजले उडान भर्दैआइरहेका छन् । वसन्त ऋतुको आगमनसँगै फागुन १५ देखि फेरी निजी एअरलाईन्सले पोखरा—जोमसोम हवाई उडान भर्ने गर्छन । अनुकुल मौसममा मौसम सफा र उडान सुरक्षित हुने र हवाई यात्रुको चाप पनि बढ्दै जाने भएकाले बर्सेनि निजी एअरलाईन्स कम्पनीले हिउँदको ३ महिना उडान स्थगित गर्ने गरेका हुन् ।
मुस्ताङमा पर्यटकीय याममा पोखरा—जोमसोम हवाई सेवा २० वटासम्म उडान हुने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको रेकर्डमा उल्लेख छ ।
पोखरा—जोमसोम उवाई उडान मार्फत दैनिक ३ सय भन्दा बढी पर्यटक आउँछन् । हवाई सेवा मार्फत बढी मात्रामा भारतीय पर्यटक र त्यसपछि अन्य विदेशी पर्यटक आउँछन् । मुस्ताङमा कुनै बेला नेपाल एअरलाईन्सको जहाजले उडान भर्ने गरेको भएपनि केहीवर्षदेखि नेपाल एअरलाईन्सले कुनै पनि उडान भर्न सकेको छैन । जोमसोममा नेपाल वायु सेवा निगमको कार्यालय तथा कर्मचारी व्यवस्थापन कायम रहेपनि हवाई सेवा सूचारु गर्नतर्फ सरकारको ध्यान पुग्न सकेको छैन ।
पछिल्लो समय भने राष्ट्रिय गौरवको बेनी—जोमसोम राष्ट्रिय राजमार्ग सडक सहज हुँदै जान थालेपछि पोखरा—जोमसोम हवाई यात्रुको संँख्या कम हुँदै जान थालेको हो । हिउँदयाममा मुस्ताङको तापक्रम माइनस हुने र अत्यधिक चिसोका कारण पर्यटकको उपस्थिति निकै कम हुन्छ । हिउँदयाममा पर्यटकीय चहलपहल कम हुने र चिसो छल्न स्थानीय नागरिक बेसंी झर्ने भएकाले हिउँदयाममा मुस्ताङ गुमनाम जस्तै हुने गर्छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया