ज्येष्ठ नागरिक भ्रमणमा
समाधान संवाददाता
२०८१ पुष ३ गते १५:५६
पोखरा ।
पोखरा ११ फूलबारीमा रहेको फूलबारी क्लबले ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको अवलोकन भ्रमण गराएको छ । पोखरा ११ का ६० वर्ष नाघेका १ सय ५० जनालाई पोखरा १३ आर्वा स्थित प्रभु धाम भ्रमण गराइएको कार्यक्रम संयोजक अनन्तराज आचार्यले बताए ।
अवलोकनपछि विभिन्न मनोञ्जनात्मक र धार्मिक हाजिरीजवाफ प्रतियोगितासमेत भएको थियो धार्मिक हाजिरीजवाफतर्फ उत्कृष्ट वासुदेव अधिकारी, दामोदर बास्तोला, वेदराज बास्तोला, बलराम शर्मा बास्तोला र नृत्यतर्फ उत्कृष्ट सीता बास्तोला, सावित्री बास्तोला, हरिमाया बास्तोला र गंगा बास्तोलालाई मायाको चिनो प्रदान गरिएको छ ।
पूmलवारी क्लब अध्यक्ष मनोज बास्तोला, पोखरा११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, क्लबका पूर्वअध्यक्ष राजेशकुमार गुरुङ लगायतले उत्कृष्ट हुनेहरुलाई मायाको चिनो प्रदान गरे ।
सम्बन्धित








गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया