जिपी अस्पताल नसुध्रिएपछि खारेजः सांसद कोइराला

राजन उपाध्याय–दुलेगौंडा
प्रदेश सांसद आशा कोइरालाले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास अस्पतालले राष्ट्रिय मापदण्ड पूरा नगरेकाले सञ्चालक समितिको मिति थप नभएको बताएकी छन् । उनले कांग्रेस नेताको नाममा भएकाले हटाइएको भनि लगाइएको आरोपको खण्डन गर्दै कोइरालाले सेती गंगा सामुदायिक अस्पताल जिपीलाई हस्तान्तरण पछि १ प्रतिशत सुधार नभएको बताइन् ।
‘सुशील र गिरीजाप्रसाद कोइराला राष्ट्रिय नेता हुन्, कम्युनिस्टका पनि नेता हुन्, हिजोका मदन भण्डारी, आजका पुष्पकमल दाहाल पनि राष्ट्रिय नेता हुन्, उनीहरु कांग्रेसका पनि नेता हुन,’ उनले अगाडि भनिन्, ‘सबै नेतालाई हिजो पनि सम्मान गर्यौं, भोली पनि गर्नु पर्छ, नामकै आधारमा अस्पतालको सञ्चालक समिति थप नभएको होइन ।’
शुक्लागण्डकी ८ स्थित पाटन बाहुनकुना खानेपानी उपभोक्ता समितिको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा उनले राष्ट्रिय मापदण्ड पूरा गरेपछि समिति पुनस्र्थापित हुने जानकारी दिइन् । अस्पतालले मापदण्ड पु¥याएपछि नयाँ समिति बन्छ, उनले भनिन्, ‘प्रदेश सरकारलाई दिन सक्ला वा केन्द्र आफैला राख्न सक्छ सरकारले नयाँ व्यवस्था गर्छ ।’
पूर्व मन्त्रीसमेत रहेकी कोइरालाले अस्पताल खारेज गर्न नलागेको बताउँदै भ्रममा नपर्न आग्रह गरिन् । नेपाली कांग्रेसले भने आफ्नै नेताको नामको आधारमा स्थापित अस्पताल खारेज गरेको भन्दै संसद र सडकबाट आन्दोलन गरिरहेको छ ।
पाटन बाहुनकुना खानेपानी उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका प्रतिनिधि देवलाल खनाल, शुक्लागण्डकी ९ का अध्यक्ष लोकनारायण श्रेष्ठ, वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष रुमबहादुर सिंह ठकुरी, भीममाया थापा, खिम महत, झम्कबहादुर महत लगायतले शुद्ध खानेपानी नियमित उपलब्ध हुनुपर्नेमा जोड दिएका थिए ।









६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
लेखनाथ महोत्सव आजसम्म
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया