पोखरामा फुजीका एलिभेटर

पोखरा । पर्यटकीय सहर पोखराबाट जापानिज प्रविधिको फुजी ब्रान्डको एलिभेटर (लिफ्ट) बिक्री हुने भएको छ । जापानिज प्रविधि र चीनमा कोलाब्रेट गरिएको फुजी ब्रान्डका एलिभेटर र एक्सेलेटरका लागि पोखरामा एलिभेटर टेक नेपाल पोखराले चाउथेमा सोरुम खोलेको छ ।
फुजीका एलिभेटर र एक्सेलेटरको नेपालका लागि आधिकारिक बिक्रेता एलिभेटर टेक नेपाल मणिपाल शिक्षण अस्पतालका सञ्चालक आनन्द बतासले सुरुआत गरे । नेपालमा एलिभेटर खरिद गर्दा विभिन्न समस्या उत्पन्न भरहँदा फुजीले पोखरामा नै नेपालको लागि आधिकारिक डिलर सञ्चालन गरेकोमा उनी खुसी व्यक्त गरे ।
ग्राहकलाई सामाग्री बिक्री गर्नुभन्दा पनि ती सामाग्री र बिक्रीपछिको सेवामा ध्यान दिन आवश्यक रहेको बतासले सुझाए । समाजसेवी रामजी बास्तोलाले पोखराबाट लिफ्ट (एलिभेटर) किन्नका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको भए पनि त्यसको सर्भिसिङ र सामग्रीका लागि समेत फुजीको डिलरले ध्यान दिनु आवश्यक रहेको औंल्याए ।
एलिभेटर टेक नेपालका टेक्निकल डिपार्ट हेड रमेशराज अधिकारीले फुजीका एलिभेटर र एक्सेलेटरका लागि आधिकारिक बिक्रेता पोखरामै भएकाले कुनै समस्या आएमा पोखराबाटै सर्भिसको व्यवस्था हुने जनाए । एलिभेटर टेक नेपालका सञ्चालक मोहनप्रसाद ढकालले नेपालमा गुणस्तरीय एलिभेटरहरु भित्रयाउन लागिपरेको सुनाए । आगामी दिनमा फुजी एयरकन्डिसनर, एसीसमेत बिक्री गर्ने लक्ष्य रहेको ढकालले बताए ।
सो अवसरमा फुजी कम्पनीका प्रमुख पेङ र कम्पनीका बिक्री प्रमुख मेलिसाले फुजीका नयाँ एलिभेटरहबारे जानकारी दिएका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया