प्रदीप गुरुङको स्मृतिमा आयोजित पुरुषतर्फ क्वाटर र महिलातर्फ सेमी समीकरण

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ क्वाटर फाइनल समीकरण पूरा भएको छ ।
पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा बिहीबार भएको पहिलो खेलमा रामघाट टिम ए ले लामाचौर स्पोर्टसलाई ५५–२६ ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गर्यो । दोस्रो खेलमा ताङतिङले गलेश्वरलाई ४३–२८ ले हरायो ।
तेस्रो खेलमा अन्नपूर्ण म्याग्दीले टिम एएमआइसिआईलाई ३८–३२ ले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । महिलातर्फको पहिलो खेलमा अन्नपूर्ण कास्कीले मर्दीखोलालाई ३५–१२ ले पराजित गर्यो । दोस्रो खेलमा ताङतिङले टिम पिएनसीलाई ६३–१७ ले पराजित गर्यो ।
पुरुषतर्फको क्वाटरफाइनल खेल र महिलातर्फका सेमिफाइनल खेल शुक्रबार हुनेछन् । खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ६ टिम सहभागी छन् । गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद ८० हजार र उपविजता टोलीलाई नगद ५० हजारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
महिलातर्फको विजेतालाई नगद २० हजार र उपविजेता टोलाई नगद १० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया