बास्केटबल प्रतियोगितामा महिलातर्फ ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्दै

समाधान संवाददाता २०८१ पुष ५ गते २०:१०

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा महिलातर्फ टिम ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने भएका छन् ।

Advertisement


पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा स्पोर्टस् काठमाडौंले अन्नपूर्ण कास्कीलाई ४३–१० को फराकिलो जित निकाल्यो । दोस्रो खेलमा टिम ताङतिङले एएमआइसीआइलाई ४२–९ को फराकिलो अंकले पराजित गर्दै फाइनलमा स्पोर्टस् काठमाडौंसँगको भेट पक्का गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।

महिलातर्फ शनिबार उपाधिका लागि खेल हुनेछ । पुरुषतर्फ भने सेमिफाइनल समीकरण सकिएको छ । पुरुषतर्फको पहिलो क्वाटरफाइनल खेलमा रामघाट टिम ‘ए’ले ताङतिङलाई ५४–४७ को अंकले पराजित ग¥यो । दोस्रो खेलमा मर्दीखोलाले नदीपुरलाई ६१–५० अंकले पराजित गर्‍यो ।

तेस्रो क्वाटरफाइनल खेलमा बेगाले अन्नपूर्ण म्याग्दीलाई ६८–५२ अंकले हरायो । चौथो क्वाटरफाइनल खेलमा छोम्रोङले क्याङलाई ५३–४५ अंकले पराजित ग¥यो । शनिबार बिहान पुरुषतर्फको दुई सेमिफाइनलसहित महिला÷पुरुषको फाइनल खेल सञ्चालन हुने संयोजक गुरुङले बताए ।

खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ६ टिमको सहभागिता छ । गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद ८० हजार र उपविजता बन्ने टोलीले नगद ५० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

Advertisement

महिलातर्फका विजेतालाई नगद २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने उपविजेताले १० हजार पाउनेछ । पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था छ ।

तपाईको प्रतिक्रिया