भारतकाे गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता
समाधान संवाददाता
२०७६ भदौ ३० गते १२:५८

एजेन्सी
भारतको आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको डुंगा गोदावरी नदीमा पल्टिँदा १२ जनाको मृत्यु भएको छ। घटनामा ३० जना बेपत्ता भएका छन् ।
आइतबार गोदावरी नदी हुँदै पर्यटकीय पापीकोन्डालु हिल्स जान लाग्दा ठूलो ढुंगामा ठोक्किएर डुंगा पल्टिएको हो ।
डुंगामा ६० जनाभन्दा बढी सवार रहेको र अझै ३० जना बेपत्ता रहेको बिबिसी हिन्दीले जनाएको छ । स्थानीयहरूले २७ जनालाई उद्धार गरेका छन् ।
बेपत्ताहरूको उद्धार गर्न सुरक्षाकर्मीहरू खटाइएका छन् ।
आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले त्यस क्षेत्रमा सबै डुंगा बन्द गर्न आदेश दिएका छन् । उक्त डुंगा चालकले बिनाअनुमति चलाएको र ओभरलोडका कारण पल्टिएको भारतीय पर्यटन मन्त्रालयले बताएको छ ।
सम्बन्धित









‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया