सनराइज क्लबमा ब्याडमिन्टन
समाधान संवाददाता
२०८१ पुष ५ गते २०:१५

लेखनाथ । पोखरा २६ मा रहेको सनराइज क्लबले प्रथम सनराईज कप अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबका सदस्यबिच पहिलो पटक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता भएको हो ।
कपिल गुरुङ र सूर्यप्रसाद अधिकारीको टिम प्रथम, क्षेत्रबहादुर कुमाल र करण पुनको समूहले दोस्रो भएका छन् । विजयी समूहहरुलाई नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले शारीरिक र मानसिक रुपले स्वस्थ हुन खेलको विशेषा भूमिका रहने सुनाए ।
क्लब अध्यक्ष सूर्यनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३० का वडाध्यक्ष दुर्गा सुवेदी, क्लबका निर्वतमान अध्यक्ष डुलु पुन, सल्लाहकार खेमबहादुर पुन र सचिव विनोद कार्कीले बोलेका थिए । प्रतियोगितामा ९ टिम सहभागी थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया