स्मार्ट वडा निर्माणबारे सृजना विकासमा छलफल

पोखरा ।
सृजना विकास केन्द्रले पोखरा–८ लाई स्मार्ट वडा निर्माण गर्नका लागि टोल विकास संस्थाहरूसँग शुक्रबार छलफल गरेको छ।
अन्तरक्रिया कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सृजना विकास केन्द्रका अध्यक्ष विष्णुप्रसाद बरालले वडा नम्बर ८ पोखराको मुटुमा रहेको र यस क्षेत्रमा विभिन्न महत्वपूर्ण कार्यालयहरू रहेको कुरा उल्लेख गरे। उनले सृजना विकास केन्द्रले विगतमा हासिल गरेका उपलब्धि र अनुभवको उपयोग गर्दै वडा नम्बर ८ लाई मोडेलका रूपमा अगाडि बढाउन महानगरपालिका, वडा, र यहाँस्थित संघ–संस्थासँग सहकार्य गर्ने धारणा राखे।
कार्यक्रममा सहभागी १४ वटा टोल सुधार समितिका संयोजकहरू तथा प्रतिनिधिहरूले आफ्नो टोलका सम्भावना र चुनौतीबारे प्रस्तुति राख्दै अन्तरक्रिया कार्यक्रमलाई महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।
सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष तथा सल्लाहकार सभाका सभापति डम्बर ब. के.सी.ले सृजना विकास केन्द्रको ४५ वर्ष लामो अनुभव र सिकाइलाई वडाको विकासमा जोड्दै स्मार्ट वडा बनाउन प्रारम्भिक छलफलको आयोजना गरिएको बताए। उनले सम्पूर्ण वडा बासिको हित हुने योजनाहरूको तर्जुमा गरेर अगाडि बढ्न सकिने हो भने यसले दीर्घकालीन प्रभाव पार्ने विचार राखे।
सृजना विकास केन्द्रका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव चन्द्र गिरीले कार्यक्रम सञ्चालन गरे भने संस्थाका सचिव बालकृष्ण बरालले छलफलमा उठेका विषयको निचोड प्रस्तुत गरे।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया