पोखरा महानगरले रोक्यो जनप्रतिनिधिका छोराछोरीलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिने निर्णय

पोखरा ।
पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका एमबिबिएस पढ्ने छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउने विवादास्पद निर्णय रोकेको छ । निर्णयको चौतर्फी आलोचना भएपछि सोमबार निर्णय स्थगित गरिएको महानगरले जानकारी दिएको थियो ।
महानगरको छात्रवृत्ति समितिको पुस २ गते बसेको बैठकले छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको थियो । यो सुविधा शहिदका छोराछोरीलाई मात्र उपलब्ध थियो । महानगरले जनआन्दोलनका सहिदका छोराछोरीलाई प्रतिव्यक्ति बर्सेनि १० लाख रुपैयाँ प्रदान गर्दै आएको थियो । सहिद भीमसेन दाहालका छोराले यो सुविधा तीन वर्षसम्म पाउँदै ३० लाख लिइसकेका छन् । यस वर्ष उनलाई अन्तिम पटक १० लाख उपलब्ध गराउने तयारी गरिएको छ ।
महानगरको निर्णयलाई जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरुले असमानताको आरोप लगाउँदै आलोचना गरेका थिए । निर्णयले समाजमा असमानताको भावना जन्माउन सक्ने भन्दै आलोचना भइरहेको थियो । जनप्रतिनिधि र सरोकारवालाले निर्णय पुनर्विचार गरी सबैका लागि समान अवसर दिन आग्रह गरेका थिए ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया