रास्वपाको कार्यवाहक सभापति बने डिपी अर्याल
समाधान संवाददाता
२०८१ पुष ८ गते १७:२९

पोखरा । रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्यालले पाएका छन् ।
सोमबार बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले सभापति लामिछानेको सिफारिसमा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय भएको जानकारी दिए ।
रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। उमेरका हिसावले अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ भए पनि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत ४ कसुरमा मुद्दा दर्ता भएको थियो। कात्तिक २ गते पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया