लेखनाथ महोत्सवमा झाँकी र्याली निकालिने

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ देखि माघ १ गतेसम्म गर्न लागेको २० औं संस्करणको लेखनाथ महोत्सवमा झाँकी र्याली प्रदर्शन गरिने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका हुने लागेको महोत्सवलाई भव्य बनाउन यस्तो तयारी भएको हो ।
विगतमा जस्तै यस वर्ष पनि सबै जातजाति र समुदायको भेषभूषा र संस्कृति झल्कने गरी झाँकी ¥याली प्रर्दशन गरिने भएको हो । महोत्सव उद्घाटनका दिन स्थानीय आमा समूह, टोल विकास संस्था, सामाजिक संघ, संस्थाका साथमा जातीय तथा धार्मिक संस्थाहरुको प्रतिनिधित्व हुने गरी मौलिक संस्कृति र जातीय भेषभूषाको पहिचान हुने गरी झाँकी र्याली प्रदर्शन गर्न लागिएको हो ।
झाँकी र्याली प्रदर्शनी व्यवस्थापन उपसमिति संयोजक बुद्धिकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महसचिव जानुका अधिकारीले महोत्सव आयोजक उद्योग बाणिज्य संघ भए पनि यसमा सबैको साथ र सहयोगले उत्कृष्ट महोत्सवका रुपमा स्थापित भएकाले यस वर्ष पनि आफ्नै घर, आगनको पर्वका रुपमा लिइएर सहभागी हुनका लागि अनुरोध गरिन् ।
सांस्कृतिक कार्यक्रम संयोजक मेजर रामप्रसाद गुरुङ, संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु), उपमहासचिव भरतराज ओझा लगायतले कार्यक्रममा बोलेका थिए । महोत्सवमा कृषि उत्पादन, भाँडावर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रदर्शनी, बैंक तथा वित्तीय संघ, डेरी तथा फलफूल, होटल तथा रेस्टुरेन्टका गरी ३ सय ३५ स्टल छन् ।
तपाईको प्रतिक्रिया