दुर्गा न्यौपानेलाई इन्द्रा स्मृति पुरस्कार

पोखरा । मानव मिलन नारी जागरण नेपालद्वारा सञ्चालित ‘इन्द्रा स्मृति मानव मिलन नारी पुरस्कार–२०८१’ द्वारा सामाजिक अभियन्ता दुर्गा न्यौपानेलाई सम्मान गरिने भएको छ ।
पुरस्कार छनोट समितिको सिफारिसमा संस्थाको कार्यसमिति बैठकले न्यौपानेलाई पुरस्कार दिने निर्णय गरेको हो ।
संस्थाका पूर्व सल्लाहकार दुर्गादेवी बास्तोला संयोजक तथा पार्वती पौडेल रेग्मी र सुजाता क्षेत्री सदस्य एवं संस्थापक अध्यक्ष मेनुका पोखरेल र सचिव रुक्मिणि खड्का, पदेनसदस्य रहेको ५ सदस्यीय छनोट समितिले न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो ।
मानवअधिकारका लागि एकल महिला समूह कास्कीकी संस्थापक न्यौपाने गीता अध्ययन प्रतिष्ठान नेपालकी अध्यक्ष हुन् । महिला सशक्तीकरण माध्यमबाट समतामूलक समाज निर्माणमा उनले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गर्न लागिएको संस्थाले जनाएको छ ।
इन्द्राकुमारी क्षत्रीको १२ औं पुण्यस्मृतिमा यही ११ पुसमा पोखरामा सम्मान समारोह आयोजना गरिने भएको छ ।
मानव मिलन नारी जागरण नेपालकी संस्थापक कोषाध्यक्ष इन्द्राकुमारी क्षेत्रीको २०६९ पुस ११ मा मोटर दुर्घटनामा निधन भएको थियो । उनको स्मृतिमा संस्थाले अक्षयकोष स्थापना गरीसामाजिक क्षेत्रमा क्रियाशील महिलालाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया