पोखरामा ह्योल्मो भाषा प्रशिक्षण सुरु

पोखरा । नेपाल ह्योल्मो समाज सेवा समिति पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा सुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मोहरु सहभागी छन् ।
गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले प्रशिक्षण सुरुआत गरे । उनले नेपाल बहुभाषिक, बहुजातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँदेखि प्रचलनमा रहिआएका भेसभुषा, कला, संस्कृति तथा भाषा जस्ता आदिको संरक्षण तथा संवर्धन गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेशभित्र १ सय ६ वटा भाषाहरू प्रचलनमा रहेको उल्लेख गर्दै सबै भाषालाई जोगाउँदै प्रदेशलाई भाषा तथा सांस्कृतिक रूपमा उदाहरणीय बनाउन प्रज्ञा प्रतिष्ठान सक्रिय रहेको उल्लेख गरे ।
कार्यक्रममा खेन्पो फुन्छोग लामा, भाषा प्रशिक्षक मिङ्मार ह्योल्मो, पोखरा ह्योल्मो गुम्बा समितिका अध्यक्ष सुमित्रा ह्योल्मो लगायतले ह्योल्मो भाषा पुरानो तथा उत्कृष्ट रहेको र लबज एवं व्याकरणसमेत उत्कृष्ट रहेकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
नेपाल ह्योल्मो समाज सेवा समिति पोखरा अध्यक्ष क्याप्टेन पूर्णबहादुर ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ह्योल्मो आमा समूह कास्की अध्यक्ष रीता ह्योल्मो र पूर्ण ह्योल्मोले पनि बोलेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया