यामाहाको ‘ड्रिम इट, वन इट’ योजना सार्वजनिक

पोखरा ।
क्रिसमस र नयाँ वर्षको अवसरमा यामाहा नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष वित्तीय योजना ‘ड्रिम इट, वन इट’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले केवल ७.९९ प्रतिशत ब्याजदर मा यामाहा मोटरसाइकल वा स्कुटर किन्न सक्नेछन् ।
यो योजना पुस १० गतेदेखि लागू भई सीमित समयका लागि मात्र उपलब्ध हुनेछ । यस योजनामा सहभागी हुने ग्राहकहरूले कम्तिमा ४० प्रतिशत डाउन पेमेन्ट गरी सजिलै किस्ताबन्दीमा सवारी साधन खरिद गर्न सक्नेछन् । लचिलो ईएमआई र सरल कागजी प्रक्रिया यस योजनाका मुख्य विशेषता हुन् ।
साथै, यामाहा नेपालले ‘टेस्ट राइड एण्ड वीन’ अभियान पनि सार्वजनिक गरेको छ । यसअन्तर्गत, ग्राहकहरूले यामाहा मोटरसाइकल वा स्कुटरको टेस्ट राइड गरेर निश्चित उपहारहरू प्राप्त गर्न सक्नेछन ्। साथै, लक्की ड्र मार्फत आकर्षक उपहार जित्ने अवसर पनि प्रदान गरिनेछ ।
यामाहा नेपालका सीईओ दीपक कुमार अग्रवालले योजनाले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटर झनै पहुँचयोग्य बनाउने बताए । १० वर्षे वारेन्टीसहितको प्रतिवद्धताले यामाहाको भरपर्दो गुणस्तर र उत्कृष्ट प्रदर्शनप्रति ग्राहकहरूको विश्वास बढाएको उनको भनाइ छ ।
नेपालभर १०० भन्दा बढी आउटलेट
एमएडब्लु इन्टरप्राइजेज अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले हालसम्म देशभर १०० भन्दा बढी आधिकारिक डिलर आउटलेट स्थापना गरेको छ । ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै यामाहा नेपालले एफआई प्रविधि अपनाएर प्राविधिक उत्कृष्टताको नयाँ स्तर स्थापित गरेको छ ।
नेपालमा दोस्रो ठूलो अटोमोबाइल कम्पनीको रूपमा परिचित यामाहा नेपालले दशकौँदेखि स्टाइलिश र भरपर्दो दुई–पांग्रे सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया