कम्युनिस्ट आन्दोलनका समस्याबारे छलफल

पोखरा । नेपालको कम्युनिस्ट आन्दोलन समस्या र समाधान विषयमा पोखरामा विचार गोष्ठी आयोजना गरिएको छ । चिनिया कम्युनिस्ट नेता माओत्से तुङको १ सय ३२ औं जन्म दिवसको सन्दर्भमा माक्र्सवादी अध्ययन स्रोत केन्द्रले कार्यक्रम आयोजना गरेको हो ।
गोष्ठीमा संस्थाका अध्यक्ष झलकपाणि तिवारीले अवधारणा पत्र प्रस्तुत गरे ।
अवधारणामा आधारित भई गण्डकी प्रदेशमा क्रियाशील वामपन्थी दलका नेताहरुले धारणा राखेका थिए । नेकपा (माओवादी केन्द्र) का नेता खिमलाल देवकोटा, नेकपा (एस)का नेता श्रीनाथ बराल, नेकपा (एमाले) का नेता धनन्जय दवाडी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता केशबहादुर परियार, राष्ट्रिय जनमोर्चाका नेता शंकर बराल र नेकपा नेता सावित्रा सीले पार्टीका धारणा र कम्युनिस्ट आन्दोलनबारे भनाइ राखे ।
उनीहरुले अहिलेका समस्या समाधान गर्न र कम्युनिस्ट आन्दोलनलाई अग्रगति दिन विद्यमान समस्या र कमजोरीरुको गम्भीर समीक्षा गर्दै पार्टी एकता, संयुक्त मोर्चा, कार्यगत एकता वा बिषयगत सहकार्य जरुरी भएकोमा जोड दिए । केन्द्रले सबै वामपन्थीलाई एकै ठाउँमा उभ्याएर छलफल गरी नयाँ दिशा पर्गेल्ने प्रयास गरेकोमा लेखक रामराज रेग्मीले धन्यवाद दिए ।
कार्यक्रममा संस्थाका सचिव डिल्ली ढुंगाना र उपाध्यक्ष दुर्गा भण्डारीले पनि बोलेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया