सचिन परियारको निधन

समाधान संवाददाता २०८१ पुष १८ गते १२:५९

पोखरा ।
बालकलाकार सचिन परियारको बिहीबार बिहान निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्वास्थ्य अवस्थामा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

Advertisement


भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।


हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।

तपाईको प्रतिक्रिया