कास्कीमा बाइक र स्कुटरको ट्रायल निशुल्क

समाधान संवाददाता २०८१ पुष १९ गते १३:२१

पोखरा ।
यातायात व्यवस्था कार्यालय कास्कीमा बाइक स्कुटर ट्रायल निशुल्क गरिएकाे छ । सवारी चालक अनुमति पत्रका लागि
प्रयोगात्मक परिक्षामा तिर्नुपर्ने शुल्क हटाइएकाे हाे ।

Advertisement


अन्य सवारीसाधनका शुल्कमा पनि व्यापक कटौती गरिएकाे कार्यालय प्रमुख मिलन केसीले जानकारी दिए । कारकाे ट्रायल दिन ३ सय रुपैयाँ तिनुपर्ने थियो भने अबदेखि २४ रुपैयाँ मात्रै तिरेर ट्रायलका लागि कार प्रयोग गर्न सकिने भएको छ ।


निजी सवारीसाधनले पनि ट्रायल परिक्षामा सहभागि हुन पाउने व्यवस्था गरिएको छ । चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला ३ सय रुपैयाँ तिर्नुपर्नेमा २४ रुपैयाँ मात्र लिन सुरु भएपछि ट्रायल दिनेलाई राहत पुग्ने कार्यालयले बताएको छ ।


बसका लागि ७ सय रुपैयाँ लिने गरिएकोमा १ सय ८९ रुपैयाँ, मिनीबसका लागि पहिला ६ सय रुपैयाँ लिने गरिएको अब १ सय २४ रुपैयाँ र ट्याक्टरका लागि ५ सय रुपैयाँ लिने गरिएकोमा अब ८९ रुपैयाँ लाग्नेछ ।


युरो मापदण्डका २०१९ मोडलका गाडीहरु ट्रायलमा राखिने ट्रायल व्यवस्थापनको जिम्मेवारी पाएको सनराईज ड्राईभिङ स्कुलका अध्यक्ष बसन्त भट्टचनले जानकारी दिए ।

Advertisement


उनका अनुसार पावर स्टेरिङ, एसि, पावर विन्डोज, एबिएस एण्ड इबिडी सिस्टम, एयर व्याग, ८ सय सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १ सय ८५ सिसी, व्याक सेन्सर लगायतका विशेषता भएका गाडीहरु ट्रायलमा राखिएको छ ।


साथै आफ्नै सवारी साधन हुने ले आफ्नै बाट दिन सक्नेछन । यो व्यवस्था पछि सवारीचालक अनुमति पत्रका लागि सेवाग्राहीलाई राहत मिलेको अध्यक्ष भट्टचनले बताए ।

तपाईको प्रतिक्रिया