गण्डकी प्रदेश पौडी संघमा आनन्द कुँवर

समाधान संवाददाता २०८१ पुष २१ गते ६:२०

पोखरा । गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा आनन्द कुँवर निर्वाचित भएका छन् । संघको प्रथम साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि आनन्द कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement

जस अन्तर्गत संघको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा जीवन रेग्मी, कोषाध्यक्षमा बबिता कार्की केसी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा लालबहादुर पराजुली थापा, तिलबहादुर थापा मगर, सूर्यबहादुर सिग्देल, राजेन्द्रबहादुर अधिकारी, धमेन्द्र गिरी, विष्णु पहारी, रुवि तामाङ, अर्जुन नेपाली, अमृत खड्का, महेन्द्र भुजेल निर्वाचित भए ।

नव निर्वाचित समितिले गण्डकी प्रदेशमा पौडी विकास र विस्तार गर्न पौडी खेल संरचनामा जोड दिने, स्कुल स्तरमा पनि पौडी खेलको बारेमा जानकारीका साथै पौडी प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पोखरामा खेल पर्यटनको विकास र विस्तारका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता गर्ने, स्कुलका खेल शिक्षकहरूलाई पौडी खेलसम्बन्धी प्रशिक्षण दिने र लाइफ गार्ड कोर्स सञ्चालन गर्ने पहल गर्ने समेत निर्णय गरेको छ ।

साधारण सभामा पूर्व राष्ट्रिय पौडी खेलाडी लाल बहादुर पराजुली, थापा, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य केशव पाठक, पूर्व राष्ट्रिय खेलाडी तिल बहादुर थापा, पौडी प्रेमी विशाल आचार्य लगायतको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया