अग्नि जोशी समाज सेवा पुरस्कार’ रामकली खड्कालाई

समाधान संवाददाता २०८१ पुष २१ गते १६:१८

पोखरा ।
पोखरा कार्यक्षेत्र बनाई ५० वर्षदेखि समाज सेवा गर्दै आएकी रामकली खड्कालाई ‘अग्नि जोशी समाज सेवा पुरस्कार’ प्रदान गरिएको छ । गत वर्ष २०८० मंसिर १ गते सडक दुर्घटनामा जीवन गुमाएका अग्नि जोशीका नाममा स्थापित अग्नि जोशी समाज कल्याण पुरस्कार वितरण कार्यक्रम शनिबार ललितपुर बार एशोशियसन, लगनखेलको सभाहलमा सम्पन्न भएको हो ।

Advertisement


पुरस्कारको व्यवस्थापनको जिम्मा आदरणीय अग्नि जोशी आबद्ध भएको संस्था पोखरेली दिदीबहिनी समूह, काठमाडौंले गरेको थियो । आफ्नी धर्मपत्नीको असामयिक देहावसानपछि उनका श्रीमान श्यामशंकर जोशीले एकमुष्ठ रकम ६ लाख रुपैयाँ पोखरेली दिदीबहिनी समूहलाई हस्तान्तरण गरेका थिए ।

सो रकम अक्षयकोषमा जम्मा गरेर सोही रकमबाट आउने ब्याजबाट पुरस्कार व्यवस्थापन गर्ने निर्णय स्वरूप सो पुरस्कार वितरण गरिएको हो । नगद पुरस्कार तथा सम्मानपत्र पोखराकै चेली एवं सर्वोच्च अदालतका माननीय न्यायाधीश सारंगा सुवेदीले हस्तान्तरण गरेकी थिइन् ।


‘अग्नि जोशी समाज सेवा पुरस्कार’ प्राप्त गरेकी रामकली खड्का विगत ५० वर्षदेखि पोखराको सिमलचौरमा महिला सीप विकास संस्था नामक संस्था स्थापना गरेर निम्न आय भएका महिलाहरुलाई तालिम दिने र तिनीहरुबाट उत्पादित महिला हस्तकलाबाट निर्मित ब्याग, पर्स, गुडिया लगायतका सामग्री उत्पादन गर्दै आएकी छन् । ती उत्पादनहरू पोखरा बाहिर र विदेशमा समेत बिक्री वितरण हुने कार्य गर्दै आइरहेकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया