प्रेस युनियनबाट विजयीलाई कर्मचारी युनियनकाे बधाई

पोखरा। नेपाल पत्रकार महासंघका विभिन्न पदमा विजयी नेपाल प्रेस युनियनका सदस्यलाई नेपाल निजामती कर्मचारी युनियन कास्कीले स्वागत तथा बधाई ज्ञापन गरेको छ । गत मंसिर २८ गते भएको महासंघको अधिवेसनमा प्रेस युनियन कास्कीबाट गण्डकी प्रदेश र जिल्लाको विभिन्न पदमा निर्वाचित टिमलाई युनियन कास्कीले बधाई तथा शुभकामना दिएको हो ।
कार्यक्रममा अध्यक्ष सुरेशकुमार श्रेष्ठ, कर्मचारी युनियन गण्डकी उपाध्यक्ष निर्मल गुरुङ लगायतले खादामालाले बधाई ज्ञापन गरेका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले कर्मचारी युनियन र प्रेस युनियन पदले भन्दा पनि विचारले एक भएको बताए । विचारलाई एक ठाउँमा राखेर आगामी दिनमा नयाँ कार्यक्रमका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।
नेपाल निजामती कर्मचारी युनियन कास्की अध्यक्ष सुरेशकुमार श्रेष्ठले पत्रकार र कर्मचारीको सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । सोही क्रममा उनले कर्मचारी युनियनको आसन्न अधिवेसनको तयारीका लागि सम्पूर्ण साधारण सदस्यले तयारी थाल्नुपर्ने बताए । नयाँ सदस्य दिन छुटेकाहरुलाई युनियनमा आबद्ध हुन पनि उनको आग्रह थियो ।
युनियन कास्की उपाध्यक्ष केदार सापकोटाले प्रजातान्त्रिक विचार बोकेको सरकारले बनेको स्थानीय, प्रदेश र केन्द्रीय सरकारको राम्रो कामको प्रचार र नराम्रा कामका खबरदारीमा पत्रकारको कलम र क्यामेरा चल्नुपर्नेमा जोड दिए ।







पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया