पोखरेली व्यवसायी देव क्षत्रीलाई मातृशोक

पोखरा । पोखरेली व्यवसायी देव क्षत्रीलाई मातृशोक परेको छ । उनकी आमा कमला क्षत्रीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
फोक्सोमा समस्या देखिएपछि केही समयदेखि काठमाडौंमा उनको उपचार गरिएको थियो । ३ दिनअघिमात्र आमा कमलालाई हेलिकोप्टरबाट पोखरा ल्याएर मनिपालमा राखिएको थियो । आइतबार दिउँसो निधन भएकामा साँझ नै हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।
कमलाका पति भक्तबहादुर क्षत्रीको ७ वर्ष अघि निधन भइसकेको छ । उनका ३ भाइ छोरामध्ये देव जेठा हुन् । देव क्षेत्री लामो समय पोखरा उद्योग वाणिज्य संघमा आबद्ध भए ।अहिले देवले आँगन मिठाइँ सञ्चालन गर्दै आएका छन् । शिशिर र बसन्त अरु २ छोरा हुन् ।
देहरादुनमा जन्मेकी कमलाका पति भक्तबहादुर पोखरामा रेडियो टिभी मर्मतदेखि सञ्चालनमा अग्रणी हुन् । माछापुच्छ्रे एफएम र गोल्डेन आइ टिभी भक्तले नै खोलेका हुन् । त्यतिमात्र नभएर पोखरामा इन्टरनेट र केबल टेलिभिजन स्थापनामा पनि क्षत्री परिवारको योगदान छ ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया