तीव्रेकोट लाटोकोसेरो संरक्षण विशेष क्षेत्र

समाधान संवाददाता २०८१ पुष २२ गते १०:५२
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 8; cct_value: 5700; AI_Scene: (-1, -1); aec_lux: 49.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 35;

पोखरा ।
हेमजामा रहेको तीव्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ । प्रकृतिका साथीहरुको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा कास्कीको पोखरा महनगर पालिका वडा नं. २५ मा रहेको तीव्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको हो ।

Advertisement


समुदायको भेलाले नै करिब १ सय दशमल ७४ हेक्टर क्षेत्रफल रहेको तीव्रेकोट सामुदायिक वनालाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरेको हो । सो अवसरमा तीव्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुँवरले लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन् ।


घोषणसँगै उक्त वनमा गुलेलली प्रयोग गरी लाटोकोसेरो लगायतका कुनै पनि चराचुरुड्डीलाई मार्न नपाइने साथै कुनै पनि हानि नोक्सानी नपु¥याउने निर्णय भएको छ । लाटोकोसेरो संरक्षणसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दा वन समूहको विधान र वन कार्ययोजनालाई असर नपर्ने गरी कार्यक्रम सञ्चालन गरिने समूहका उपाध्यक्ष कृष्णबहादुर कुँवरले जानकारी दिए ।


त्यस वन क्षेत्रमा लाटोकोसेरो अध्ययन तथा संरक्षणमा पहल गर्ने, लाटोकोसेरो लगायत अन्य चराचुरुड्डीको गुड/वासस्थान बनाएका रुखहरुको संरक्षण पहल गर्ने, पुराना बुढा रुख संरक्षण गर्ने, लाटोकोसेरो संरक्षणका लागि आगामी वर्षदेखि केहि रकम विनोयजन गरी समन्वयमा प्रचारप्रसार गर्ने निर्णय गरिएको उपाध्यक्ष कुँवरले जानकारी दिए ।


भेलाले गरेका निर्णयलाई डिभिजन वन कार्यालय कास्की, सव डिभिजन वन कार्यालय कुँडहर, वडा कार्यालय हेमजा र सरोकारवाला निकायहरुमा जानकारी दिइनेछ । प्रकृतिका साथीहरुको संस्थासँगको सहकार्य र प्रशिक्षणबाट नै उपभोक्त समूह यो अभियानमा जुटेको हो ।

Advertisement

५० हजार पाउन्डको ह्विट्ली अवार्ड पाएका लाटोकोसेरो संरक्षणकर्मी आचार्य गुलेली प्रतिबन्ध र कृत्रिम गुँड निर्माण अभियानमा


पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले लाटोकोसेरो संरक्षणको कार्यमा वडाबाट सधै सहयोग रहने बताए । ‘हरेक जीव जन्तुको संरक्षणमा वडाले पनि सचेतामूलक कार्यक्रमका लागि बजेट नै विनियोजन गरेर कार्यक्रम गरेको छ,’ अध्यक्ष तिम्सिनाले भने, ‘आगामी दिनमा पनि यहाँहरुसँगको सहकार्यमा नै वडाले कार्यक्रम ल्याउनेछ ।’


वनका उपभोक्ताले नै यस वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गर्नु प्रशंसनीय कार्य भएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेको भनाइ छ । ‘नेपाल सरकारले जे चाहेको छ, समुदायले नि त्यही काम गर्नु प्रशंसनीय कार्य हो,’ प्रमुख काफ्लेले भने, ‘अन्य सामुदायिक वनमा पनि विभन्न जनवरहरुको संरक्षण क्षेत्र रुपमा काम गरेको उदाहरण छन् । यस वनले पनि ल्याएको योजना पनि सफल हुने विश्वास लिएको छु ।’


उनले प्रकृतिमा नै रमानउन दिने गरी चरा चुरुंगी तथा जनावरको संरक्षण गर्नुपर्ने सुझाव दिए । प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले समुदायबाट नै यो अभियान सञ्चालन हुनु निकै सुखद रहेको बताए ।


‘हामीले गण्डकी प्रदेशमा थालेको अभियानमार्फत केही निश्चित ठाँउमा गुलेली प्रतिबन्ध क्षेत्र घोषणा गर्ने तयारीमा जुटेका थियौं,’ आचार्यले भने, ‘यहाँका उपभोक्तले गुलेली प्रतिबन्धमात्र नभई विशेष संरक्षण क्षेत्र नै घोषण गरेर अभियानलाई थपा उत्साह प्रदान गर्ने काम गर्नुभयो ।’


यो अभियानलाई पूर्णता दिनका लागि आफ्नो संस्थाबाट यहाँका उपभोक्ता समूहसँग सहकार्य गरेर काम गर्ने आचार्यले बताए । लाटोकोसेरो संरक्षणमा तीन दशकदेखि लागिपरेका प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्य सन् २०२४ मा ह्टिवली अवार्डबाट सम्मानित भएका थिए ।


सोही अवार्डबाट प्राप्त पुरस्कारबाट गण्डकी प्रदेशका कास्की, स्याङ्जा लगायत जिल्लामा लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकार नियन्त्रणका लागि तालिम, जनचेतनामूलक कार्यक्रम र लाटोकोसेरोका लागि कृत्रिम गुँड निर्माण लगायत कार्यक्रम गरिएको छ ।


यस अवधिमा १ सय कृत्रिम गुँड राखिसकेको जसमा २० वटा हेमजामा रहेको आचार्यले जानकारी दिए । योसँगै कास्कीको भद्रकाली वन, पुम्दीभुम्दी, स्याङजा तथा म्याग्दीमा रहेका ५ सामुदायिक वनमा गुलेली प्रतिबन्ध क्षेत्र घोषणा गर्ने लक्ष्य आचार्यले सुनाए ।


जनचेतना मूलक कार्यक्रम अन्तर्गत बुढा रुखहरुको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक, स्थानिय, विद्यार्थी, र समुदायकमा संरक्षण शिविर सञ्चालन गरिएको छ । केशवराज सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढुंगाना, ज्योति शर्मा र दीपा गुरुङलाई संरक्षणदूत बनाई १ वर्षसम्म स्वयंसेवकका रुपमा लाटोकोसेरोको अध्ययन तथा संरक्षणमा योगदान गर्ने जिम्मा दिइएको छ ।

तपाईको प्रतिक्रिया