मोटो–इन्डुरो क्रस च्याम्पियनसिपको पुरस्कार नदिने आयोजक पक्राउ

पोखरा । कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा २ जनालाई पक्राउ गरेको छ । पोखरा राइडर्स क्लबको आयोजनामा भएको ‘पोखरा मोटो–इन्डुरो क्रस च्याम्पियनसिप–२०२४’ खेलमा दर्ता शुल्कवापत सहभागी खेलाडीहरूसँग १७ हजार रुपैयाँ लिइएको तर पुरस्कारस्वरूप घोषणा गरिएको १ लाख ५० हजार रुपैयाँ नदिइ सम्पर्कविहीन भएको आरोपमा २ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पुस २१ गते लेकसाइडबाट प्रतियोगिताका सञ्चालक तथा निर्देशक ३१ वर्षीय जगत डोली र क्लबका अध्यक्ष २९ वर्षीय सोनिक क्षेत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले बताए ।
उनीहरुविरुद्ध ठगीसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । उक्त प्रतियोगिता पोहोर चैत २३ र २४ मा कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. २३, बाम्दीमा सञ्चालन गरिएको थियो । खेलमा सहभागी खेलाडीहरुसँग दर्ता शुल्क वापत रकम उठाई पुरस्कार घोषणा गरे पनि आयोजकहरूले रकम नदिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।








कसले मार्ला बाजी ?
‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक विकल्प छैन’
रविको ६० लाख धरौटी आदेश सदर
सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया