‘भिन्तुना एमेच्योर फुटसल पुस अन्तिम साता हुने

पोखरा ।
पहिलो संस्करणको ‘भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता’ पुस अन्तिम साता हुने भएको छ । भिन्तुना युवा क्लब, तेर्सापट्टि, पोखरा–३ को आयोजनामा हुने यो प्रतियोगिता आगामी पुस २६ र २७ गते सम्पन्न हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगद, उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आर्थिक संयोजक राजन श्रेष्ठले यो जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरले जनही ५ हजार रुपैयाँ पाउनेछन् भने फेयर प्ले टिमलाई पनि ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको क्वार्टरफाइनलपछि हरेक खेलको ‘म्यान अफ दि म्याच’ लाई १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।
सहभागी टिमका लागि दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताका सबै खेल स्पोट्र्स क्यासल, गैरापाटन, पोखरा–४ मा हुनेछन् ।
तपाईको प्रतिक्रिया