रविका पक्षमा ११ कानुन व्यवसायीले बहस गरे

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनेरै अनुसन्धान गर्ने कि छोडेर भन्नेबारे मंगलबार कास्की जिल्ला अदालतमा बहस भएको छ । सोमबार सुरु उनको मुद्दाको बहस मंगलबार सकियो ।
लामिछानेको थुनछेक बहस सकिए पनि आदेशका लागि अझै केही दिन लाग्ने छ । अरु पनि प्रतिवादीहरुको बहस बाँकी रहेको हुँदा एकैचोटि आदेश आउने भएको हो । रविको पक्षबाट सोमबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त र सुरेन्द्र थापा (क्षेत्री) ले बहस गरेका थिए । मंगलबार भने वरिष्ठ डा. नारायण घिमिरे, अधिवक्ताहरु राजेन्द्र सेढाईं, सुरज बस्नेत, नारायणदत्त कँडेलसहित ११ जनाले बहस पैरवी गरेका थिए । उनीहरुले रविप्रति राजनीतिक प्रतिशोध साँधिएको र सहकारी ठगीमा उनको संलग्नता नरहेको जिकिर गरेका थिए । मंगलबारै अर्का प्रतिवादी रामबहादुर खनालका तर्फबाट पनि उनका कानुन व्यवसायीहरुले पैरवी गरेका थिए ।
सूर्य दर्शन सहकारी ठगी प्रकरणको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा छ । रविको भन्दा अघि छविलाल जोशी बन्जाडे लगायतको बहस थियो । अब अरु प्रतिवादी बाँकी छन् । यो सहकारीमा ४४ जनाविरुद्ध मुद्दा छ ।
कात्तिक २ गते काठमाडौंस्थित आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ थरी मुद्दा छ । काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि उनीविरुद्ध मुद्दा चल्ने भएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया