गण्डकी प्रदेश पिएम कप महिला टी२० छनोट ले हरायो
डिफेन्डिङ च्याम्पियन स्याङ्जामाथि कास्कीको जीत, पर्वतलाई नवलपुरले हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश पिएम कप महिला टी२० छनोट खेलको दोस्रो दिन कास्की र नवलपुरले जित हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा कास्कीले स्याङ्जालाई र नवलपुरले पर्वतमाथि जित प्राप्त गरेका हुन्।
कास्कीले १०४ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई १६.३ ओभरमा चार विकेट गुमाउँदै ६ विकेटले हरायो। कास्कीका लागि रेखा तामाङले अर्धशतकीय पारी खेल्दै ५६ रन बनाउँदै नटआउट रहिन्। उनले ५३ बलमा ९ चौका प्रहार गरिन्। चन्द्रमाया बराल ४ रनमा नटआउट रहिन्।
सिर्जना पोडेलले १३ रनमा, विनिता नेपालीले २ रन र सम्झना विकले शुन्यमा आउट भइन्। स्याङ्जाका लागि निरु जिटी, आकृति तिवारी र अपेक्षा बुढाथोकीले १-१ विकेट लिए। स्याङजा पूर्व च्याम्पियन टोली हो।
स्याङजाले टस जितेर ब्याटिङ गरेको थियो र २० ओभरमा २ विकेट गुमाउँदै ९९ रन जोड्न सफल भयो। निरु जिटी २१ रन र सलिना सेन १८ रनमा नटआउट रहे। श्रेया शाह ३३ रनमा आउट भइन् भने अपेक्षा बुढाथोकीले १८ रन जोडिन्। कास्कीका लागि पुर्णिमा गुरुङ र रिया तामाङले १-१ विकेट लिए।
अर्को खेलमा नवलपुरले पर्वतमाथि ६८ रनको जित हासिल गर्यो । १ सय ४ रनको विजयी लक्ष्य पाएको पर्वत २० ओभरमा ९ विकेट गुमाउँदै ७८ रनमा समेटियो।
पर्वतका लागि जिविका परियारले १० रन र रोजिना चापागाईँले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नवलपुरका लागि आयुष्मा चापागाईं, पुर्णिमा सुनार र पूजा लामिछानेले समान २-२ विकेट लिए भने यमुना पंगेनीले १ विकेट लिइन्।
नवलपुरले टस हारेर ब्याटिङ सुरु गरेको थियो र २० ओभरमा १ विकेट गुमाउँदै १०४ रन बनाउन सफल भयो। नवलपुरका लागि मनिका लामिछानेले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाउँदै नटआउट रहिन्। उनले ६२ बलमा ५ चौका प्रहार गरिन्। धनकुमारी क्षेत्रीले ४५ रन बनाउँदै आउट भइन्। उनले ५४ बलमा ३ चौका प्रहार गरिन्।
तपाईको प्रतिक्रिया