गण्डकीका सांसदलाई संसदीय दलको अभिमुखीकरण

पोखरा । नेपाली कांग्रेस संसदीय दल गण्डकीले प्रदेश सभा सदस्यका लागि अभिमुखीकरण गरेको छ । प्रदेश सभा र प्रदेश सभा सदस्यको भूमिका प्रभावकारी बनाउनका लागि पोखराकै माउन्टेन ग्लोरी रिसोर्टमा राखेर २ दिनसम्म कार्यक्रम गरेको सचेतक प्रकाश बरालले जानकारी दिए ।
संसदीय मर्यादा, संसद सञ्चालन विधि, कानुन निर्माण प्रक्रिया, कानुन कार्यान्वयनमा सांसदको भूमिका लगायत विषयमा विज्ञहरुले सहजीकरण गरेका थिए ।
कर्मचारीहरुले कानुन बनाउने, संसद र समितिका बैठकमा प्रदेश सभा सदस्यको भूमिका कमजोर रहेको गुनासो बढिरहेका बेला संसदीय दलले अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा संसदीय अभ्यास, ड्रेसअपदेखि नियमापत्ती लगायत विधेयकको छलफलमा कसरी जुट्ने भन्ने सम्मका विषयमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्मा र कांग्रेस नेतृ पुष्पा भुसालले सहजीकरण गरेका थिए । संसदीय दलमा पदाधिकारीको भूमिका, ह्विप जारी गर्नुपर्ने र उल्लंघन गर्दाको अवस्था लगायतमा प्रदेश सभा सदस्यहरुले जानकारी लिए ।
मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कानुन निर्माणका प्रक्रियाका बारेमा जानकारी गराए । विधेयकको उत्पतिदेखि पारिसम्मका प्रक्रियाका बारेमा उनले सहजीकरण गरेका थिए । अहिलेसम्म के के कानुन बने, कुन प्रयोगमा आए, कति आउन बाँकी छन् लगायत विषयमा शर्माले प्रस्तुति दिएका थिए ।
योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले पञ्चवर्षीय योजनाको रणनीतिक र कार्यनीतिक अवस्था, बजेटको व्यवस्था लगायत विषयमा सहजीकरण गरेका थिए ।









धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया