मुस्ताङमा नेपाल टेलिकमले द्रुत गतिको फोर जी सेवा ल्याउने

समाधान संवाददाता २०७६ असोज १० गते १४:१२

एसके थकाली, जोमसोम

नेपाल टेलिकम मुस्ताङ शाखाले दशै अगावै द्रुत गतिको फोर जी सेवा संञ्चालनमा ल्याउने भएको छ । धार्मिक तथा पर्यटकीय जिल्लामा आउने पर्यटकको ईन्टरनेट सुविधा सहज बनाउन फोर जी सेवा संञ्चालनमा ल्याउन लागेको नेपाल टेलिकम मुस्ताङ शाखाका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पहिलो चरणमा मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ र सदरमुकाम जोमसोममा जीएसएम फोर जी सेवा संञ्चालनमा ल्याईने छ ।

फोर जी सेवा संञ्चालनका लागि थ्रि फेस बिद्युत लाईन आवश्यकता पर्ने भएकाले यसको पहुँचको आधारमा ४ सेवा क्रमशः विस्तार हुने कार्यालय प्रमुख श्रेष्ठको भनाई छ । फोर सेवा मार्फत ईन्टरनेट प्रयोगकर्ताले तिब्र गतिको ईन्टरनेट उपयोग गर्न सक्ने श्रेष्ठले जानकारी दिए । उनका अनुसार फोर जी ईन्टरनेट सेवा मार्फत ईन्टरनेट प्रयोगकर्ताले आवश्यकता अनुसार डाटा प्याक खरिद गरी ईन्टरनेट उपयोग गर्न सक्नेछन् ।

Advertisement

फोर जी मार्फत हाई भिडियो स्क्रिमिङ र हाई गेम स्क्रिमिङ डाउनलोड र प्रयोग गर्न सकिने श्रेष्ठले बताए । उनले ४ जी सेवामा डाटा खरिद वापत थप जीबी वोनस प्राप्त गर्न सकिने जनाए । नेपाल टेलिकमले देशका विभिन्न जिल्लाहरुमा फोर जी सेवा संञ्चालनमा ल्याउन लागेको हो । टेलिकमले यसअघि काठमान्डौ र बाग्लुङमा यो सेवा संञ्चालनमा ल्याईसकेको छ । टेलिकम मुस्ताङले यसअघि थ्रिजी सेवा संञ्चालनमा ल्याईसकेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए

Advertisement

तपाईको प्रतिक्रिया