मुस्ताङमा चोरी, सिकारी रोक्न वन गस्ती

जोमसोम । मुस्ताङका आधा दर्जन उच्च लेकमा नियमित वन गस्ती गर्न थालिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) इलाका सरक्षण कार्यालय जोमसोमले मुस्ताङमा वन सम्पदा, वन्य जन्तु लगायतको चोरी सिकारी हुन नदिन र वन क्षेत्रमा अवान्छित गतिविधि रोक्न गस्ती गरेको हो ।
हिउँद यामको पुस र माघ महिनामा मुस्ताङ सुनसान हुने र यस्तो बेलामा वन तथा वन्यजन्तुको चोरी सिकारी हुन सक्ने भएकाले अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिनहुँजसो वन गस्ती गर्ने गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । हिउँद याममा तस्करहरु बढी सक्रिय हुने सम्भावना हुन्छ ।
मुस्ताङको मुक्तिनाथ, जोमसोम, मार्फा, टुकुचे, कोवाङ, लेते र कुञ्जो गरी ३ गाउँपालिकाका आधा दर्जन लेकमा वन गस्ती गरिँदै गरेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ । एक्याप कार्यालय प्रमुख रेग्मीको अगुवाइमा सम्वन्धित स्थानका संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा उपसमिति र प्रहरी इकाइका सुरक्षाकर्मीको उपस्थितिमा वन गस्ती गरिएको हो ।
टोलीले गस्तीका क्रममा सबै लेकको अवस्था सामान्य पाएको छ । हिउँद याममा लुकिछिपी वन तथा वन्यजन्तुको चोरी सिकारी तथा अवैध क्रियाकलाप हुन सक्ने भएकाले वन गस्ती गर्नु परेको एक्याप कार्यालय प्रमुख रेग्मीले सुनाए । वन क्षेत्रमा कुनै त्यस्तो कुनै अवान्छित गतिविधि भएमा त्यस्तो कानुन विपरीत गर्नेलाई अनुसन्धान गरी कारवाहीको दायरा ल्याउने उनले बताए ।
यसअघि २०७८ को पुस महिनामा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ स्थित लुप्रा लेकको जंगलमा तस्करहरुले वन्यजन्तुमा क्षति पुर्याएका थिए । त्यस बेला तस्करले थापेको पासोमा एक जिउँदो कस्तूरीसहित ५ कस्तूरी मृत अवस्थामा फेला परेका थिए । त्यस बेला वन्यजन्तुको चोरी सिकारी गर्ने उद्देश्यले बिच्याइएका ७२ पासोसमेत फेला परेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया