प्रेस सेन्टर कास्की अध्यक्षमा दिननाथ बराल निर्वाचित

पोखरा । प्रेस सेन्टर नेपाल कास्कीको शनिबार सम्पन्न छैटौं अधिवेशनले दिननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनले पुष्प दाहाललाई खुला उपाध्यक्ष, शोभा बराललाई महिला उपाध्यक्ष, सरोज अधिकारीलाई सचिव, अर्जुन हितानलाई खुला सहसचिव, प्रतिभा अधिकारीलाई महिला सहसचिव र खगेन्द्रप्रसाद अर्याललाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ।
त्यसैगरी, कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर र प्रकाश बराल सदस्यमा चयन भएका छन्।
यसैगरी सुरेशराज अधिकारी, हेमराज अधिकारी, फणिन्द्र अधिकारी, रामजीप्रसाद आचार्य, मीनाकुमारी थापा, सन्देश श्रेष्ठ, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरञ्जीवी पौडेल (उत्तम), कृष्णमाया पोखरेल (शान्ति) र लीलानाथ आचार्य प्रदेश परिषद् सदस्यमा चयन भए। कृष्ण दवाडी, रणबहादुर शाही (सिद्धान्त), पदम रेग्मी, नारायण शाही ढकुरी, सन्तोष परियार र श्यामसुन्दर पराजुली (राज) केन्द्रीय परिषद् सदस्यमा चयन भए।
उद्घाटन समारोहमा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकारहरूमा आलोचनात्मक चेत हुनुपर्नेमा जोड दिए। उनले राजनीतिक भ्रष्टाचारलाई उजागर गर्न पत्रकारहरूलाई आग्रह गरे र यसैका कारण नेपालमा भएका पछिल्ला परिवर्तनहरूको औचित्य पुष्टि हुन नसकेको तर्क गरे। उनले पत्रकारहरूलाई जनजीविकाका सवालहरू उठाउन प्रोत्साहन गरे र प्रेस सेन्टरलाई निष्ठावान् पत्रकारहरूको संगठनको रूपमा चिनाए।
प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवालीले श्रमजीवी जनताको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरे।
नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, माओवादी नेता विश्वप्रकाश लामिछाने, सेन्टर गण्डकी इन्चार्ज दीपक श्रेष्ठ, गण्डकी अध्यक्ष अर्जुन काफ्ले, केन्द्रीय सचिव माधव पनेरु, गण्डकी प्रेस रजिस्ट्रार विमला भण्डारी र नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मी लगायतले मिडिया साक्षरताको आवश्यकता औंल्याए र कास्कीको पत्रकारितामा सेन्टरका सदस्यहरूको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गरे। उनीहरूले पत्रकारिताले समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने र जनताको आवाज बुलन्द पार्नुपर्ने कुरामा जोड दिए।









मगर सभ्यता र माघे संक्रान्ति
पोखरा महानगरले चैतसम्म राजस्व छुट दिने
चुनावको मुखमा फुट्यो कांग्रेस
सम्पादकीय—स्वास्थ्य बिमा नरोकौं
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया