लेखनाथ महोत्सव लक्ष्य नजिक

लेखनाथ ।
पुष १८ गतेबाट लेखनाथमा सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सव १२ औं दिनसम्म आईपुग्दा लक्ष्यनजिक पुगेको छ । महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ भने ७ करोड ९५ लाखको कारोबार भएको छ ।
महोत्सव सोमबारमात्रै २५ हजारले अवलोकन गरेको र १ करोड कारोबार गर्न सफल भएको महोत्सवकी प्रचारप्रसार संयोजक जानुका पराजुलीले जानकारी दिइन् । महोत्सव समापनको अघिल्लो दिन किनमेल गर्ने दर्शकको संख्यामा पनि वृद्धि भएको छ ।
महोत्सवमा पहिलो पटक भएको महिलाको हाजिरीजवाफ प्रतियोगितामा पोखरा ३० को नारी विकास आमा समूह प्रथम, पोखरा २६ को सृजना महिला समूह द्वितीय, पोखरा ३० कै गार्डेन सिटी आमा समूह तृतीय र पोखरा २९ को समाज सुधार आमा समूहले सान्त्वना बने । विजयी समूहले क्रमशः २५ हजार, २०हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् ।
सोमबार नै विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीलाई पुरस्कार वितरणसमेत गरिएको छ । सोमबार कलाकारहरु प्रजापति पराजुली, तारापति सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली र तारा थापा प्रस्तुति रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्यान्ड र स्थानीय ब्यान्ड सुजित एन्ड दि वार्यस ब्यान्डको प्रस्तुति रहेको थियो ।
महोत्सव मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गर्ने तय छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सहआयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छन् भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया