सप्तरीमा जङ्गली हात्तीद्वारा घरघरै पसेर तोडफोड

राजविराज, रासस
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति तीन दर्जन बढी घरमा तोडफोड गरेर क्षति पुर्याएको छ ।
जिल्लाको अग्निसाइर कृष्णासवर र रुपनी गाउँपालिकामा जङ्गली हात्तीले तीन दर्जन घरमा क्षति गरेको स्थानीय वृजमान तामाङले जानकारी दिनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले रुपनी गाउँपालिका–६ का वीरबहादुर तामाङको घर भत्काउँदा रु ५० हजार मूल्य बराबरको क्षति भएको छ ।
हात्तीले तामाङको घरमा रहेको अन्नपात, फर्निचर र घर पूर्णरूपले क्षति पु¥याएको छ भने गणेशबहादुर मगर, रत्नमाया राई, हरिलाल चौधरी लगायतका दर्जनौँ व्यक्तिको घरमा तोडफोडसमेत गरेको स्थानीयवासीले बताएका छन् ।
छ वटाको समूहमा आएका जङ्ली हात्तीले अग्निसाइर कृष्णा सवरन गाउँपालिका–२ का बलबहादुर राईको एउटा घर पूर्णरुपमा क्षति गरेको तमाङले बताउनुभयो ।
राईको घर भत्काएर चामल, कोदो, मकै र घरभित्र रहेको भाँडाकुडासहितको सामान नष्ट गर्दा करीब रु एक लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।
जङ्ली हात्तीको समूहले एक हप्ताभित्रमा २८ वटा घरमा क्षति गर्नुको साथै किसानले लगाएको लाखौँ मूल्यका गहुँबालीसमेत नष्ट गरेको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताउनुभयो ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया