वन विज्ञानका नवनियुक्त क्याम्पस प्रमुख गौतमको पदस्थापना

पोखरा ।
वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखराका नवनियुक्त क्याम्पस प्रमुख सहप्राध्यापक डा. नारायणप्रसाद गौतमले बुधबार पदवहाली गरेका छन् । क्याम्पसमै आयोजित कार्यक्रममा उनको पदस्थापना भएको हो ।
निवर्तमान क्याम्पस प्रमुख प्रा.विनोदप्रसाद हेज्यूले नवनियुक्त क्याम्पस प्रमुख डा. नारायणप्रसाद गौतमलाई पदस्थापना गराका थिए । नवनियुक्त क्याम्पस प्रमुख डा.गौतमले समग्र क्याम्पसको शैक्षिक तथा प्रशासनिक कार्यमा सबैसँग मिलेर काम गर्ने र सुशासनलाई उच्च प्राथमिकतामा राख्ने कुरालाई जोड दिएका छन् ।
‘बदलिँदो परिवेश अनुसार वन विज्ञानका शैक्षिक गतिविधिहरुलाई अगाडि बढाउँदै वन क्याम्पस पोखरालाई वन विज्ञानको क्षेत्रमा अझ अब्बल र गुणस्तरीय बनाउने प्रतिबद्धता गर्छु,’ गौतमले भने । उनले पोखराका सम्पूर्ण सरोकारवालाहरु र स्थानीयसँग मिलेर क्याम्पसलाई आगामी दिनमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
निवर्तमान क्याम्पस प्रमुख प्रा.विनोदप्रसाद हेज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान डीन प्राध्यापक डा. वीरबहादुर खनाल क्षेत्री, निवर्तमान क्याम्पस प्रमुख प्रा. विनोदप्रसाद हेज्यू, प्राध्यापक संघका प्रतिनिधि, कर्मचारी संघका सभापति र स्ववियु प्रतिनिधिले शुभकामना मन्तव्य राखे । उपलाइब्रेरियन सूर्य क्षेत्रीले स्वागत मन्तव्य र सामान्य प्रशासन प्रमुख मोहनप्रसाद शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा यस अध्ययन संस्थाबाट सेवा निवृत्त भएका कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिति थियो ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया